IME Life New

ग्लोबल कलेजमा आगजनी हुँदा नेपाल लाईफ इन्स्योरेन्सलाई कति नोक्सानी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भ्रष्टाचार विरोधी आन्दोलनको दोश्रो दिन मंगलबार काठमाडाैंमा निस्किएको र्‍याली हिंसात्मक बनेपछि थुप्रै सार्वजनिक तथा निजी सम्पत्ति नोक्सान भएको छ।

२० जना भन्दा बढी यूवा विद्यार्थीको ज्यान जाने गरी प्रहरीले गरेको दमनविरूद्धको र्‍यालीमा अवाञ्छित तत्वको प्रवेशले प्रश्रय पाउँदा थुप्रै स्थानका शैक्षिक संस्थाहरू पनि ध्वस्त भए।

Esewa
Crest

आक्रमणकारीको निशानामा मध्य बानेश्वरको, ग्लोबल कलेजमा पनि पर्‍यो। आक्रमणकारीले कलेजको भवनमा आगजनी गरिदिंदा कलेजको भाैतिक संरचना, फर्निचर, पुस्तकालय, प्रयोगशाला, क्याफे लगायतको संरचना जलेर ध्वस्त बनेको छ। भदाै २३ गते मंगलबार भएको जेन जीको प्रदर्शनमा सहभागिताका क्रममा सुरक्षाकर्मीको गोली प्रहारबाट कलेजको कक्षा १२ मा अध्ययनरत विद्यार्थी श्रेयम चाैलागाइँ समेत मारिएका थिए।

यो कलेज प्रोफेशनल एजुकेटर्स लिमिटेडले सञ्चालन गर्दै आएको छ। विभिन्न शिक्षण संस्था सञ्चालन गरिरहेको प्रोफेशनल एजुकेटर्समा नेपाल लाइफ इन्स्योरेन्सले एक वर्ष अघि १ अर्ब ३३ करोड रूपैयाँ शेयर लगानी गरेको थियो। यो मध्ये ग्लोबल कलेज इन्टरनेशनलको ३५.३२ प्रतिशत शेयरका लागि ७३ करोड ७२ लाख रूपैयाँ र युनिग्लोब कलेजमा ४७.६२ प्रतिशत शेयरका लागि ६० करोड रूपैयाँ लगानी गरेको हो।

आगलागीबाट भएको क्षतिको अहिले नै आँकलन गर्न संभव छैन। क्षतिको आँकडा यकीन गर्न बीमा कम्पनीबाट खटाइने सर्भेयर वा स्वतन्त्र सर्भेयरबाट हुने क्षति मूल्याङ्कन पछि मात्र यकीन हुनेछ।

यसबाहेक भाैतिक संरचना पुनःनिर्माण नहुँदासम्म पठन पाठन ठप्प हुने भएकाले कलेजका विद्यार्थीहरूको शैक्षिक गतिविधि पनि ठप्प रहने जोखिम पनि छ।

यद्दपी भाैतिक पूर्वाधार निर्माण नहुँदासम्म कलेज व्यवस्थापनले आसपासमा उपलब्ध भवनबाट आंशिकरूपमा कक्षा सञ्चालन गर्न सक्ने भएपनि शैक्षिक गतिविधि पूर्णरूपमा लयमा फर्किन कम्तीमा पनि तीन महिना लाग्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

92%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS