काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पाैडेल नियुक्त भएका छन्।
मन्त्री परिषदको शुक्रबार सम्पन्न बैठकले सरकारी स्वामित्वको यो पुनर्बीमा कम्पनीमा पाैडेललाई नियुक्त गर्ने निर्णय गरेको हो। पाैडेल, नेपाल आयल निगममा कार्यकारी निर्देशक रही सकेका छन् ।
पुनर्बीमाका अध्यक्षा देवराज ढुङ्गाना सुरक्षण मुद्रण कोषको कार्यकारी निर्देशक पदमा समेत रहेकाले सरकारले उनलाई अध्यक्ष पदबाट हटाउँदै पाैडेललाई नियुक्त गरेको हो।
यसैगरी नेपाल स्टक एक्सचेञ्जको अध्यक्ष पदमा हेमन्त बस्याल नियुक्त भएका छन्। बस्याल एनआएरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनीका पूर्व कार्यकारी अधिकृत हुन्छ।












