IME Life New

कडा रोगको उपचार सुविधा पाउन अब स्वास्थ्य बीमा अनिवार्य, असोजसम्म आबद्ध हुनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कडा रोगको उपचार सुविधा प्राप्त गर्न सेवाग्राही अनिवार्य रुपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने व्यवस्था गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै विपन्न नागरिकलाई प्रदान गरिँदै आएको ८ कडा रोगको उपचार सुविधा प्राप्त गर्न स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुनुपर्ने व्यवस्था लागू गरेका हुन्। स्वास्थ्य बीमामा आबद्ध हुन मन्त्रालयले असोज मसान्तसम्म सेवाग्राहीलाई समयसीमा तोकेको छ।

Esewa
Crest

विगतमा विपन्न नागरिकलाई प्रदान गर्दै आएको उपचार सुविधाको भुक्तानी व्यवस्थापन स्वास्थ्य बीमा बोर्डमार्फत हुने गरी ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० (पहिलो संशोधन २०८२) स्वीकृत गरेको थियो। सोही निर्देशिकामा रहेको ८ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमामा आबद्ध भएको हुनुपर्ने व्यवस्था मन्त्रालयले कार्यान्वयन गरेको हो।

मन्त्रालयले बीमा बार्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई बिहीबारै पत्र पठाएर हाल सेवा लिइरहेको सेवाग्राहीलाई दिइएको समयभित्र स्वास्थ्य बीमाको बीमित हुने व्यवस्था मिलाउन निर्देशन पनि दिएको छ।

यो व्यवस्थाले विपन्न नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याई सुविधालाई एकद्वार प्रणालीमार्फत प्रभावकारी बनाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS