IME Life New

राष्ट्रिय सभाले उल्टायो संघीय निजामती सेवा विधेयक, राखियो स्वास्थ्य बीमा भन्ने शब्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय सभाले निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने संघीय निजामती सेवा विधेयकमा प्रतिनिधि सभाको निर्णय उल्टिएको छ।

राष्ट्रिय सभाले प्रतिनिधिसभाको निर्णय उल्ट्याएर विधेयकको दफा ५२ मा रहेका ‘प्रचलित कानुनबमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषसँग’ भन्ने शब्दहरुको सट्टा ‘स्वास्थ्य बीमासम्बन्धी प्रचलित कानुनबमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग’ भन्ने शब्द राखेको हो।

Esewa
Crest

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले मंगलबार पास गरेको संघीय निजामती सेवा विधेयकमा स्वास्थ्य बीमासम्बन्धी प्रचलित कानुनबमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू गर्ने उल्लेख छ।

सरकारले सुरुमा ल्याएको विधेयकको दफा ५२ मा स्वास्थ्य बीमा योजना लागू गर्नेसम्बन्धी व्यवस्था छ। विधेयकमा भनिएको छ, ‘नेपाल सरकारले निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि प्रचलित कानुनबमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बिमा योजना लागू गर्नेछ।’

विधेयकमा केही संशोधन गर्दै प्रतिनिधिसभाले ‘सामाजिक सुरक्षा कोष’ वा ‘नागरिक लगानी कोष’ भन्ने शब्द थपेको थियो। यसअनुसार ऐन बनेको भए निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारका लागि सामाजिक सुरक्षा कोष वा नागरिक लगानी कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू हुने थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS