IME Life New

होन्डाको दसैँ योजनाः ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले हिन्दुहरुको महान् चाड दसैँको अवसर पारेर आफ्ना ग्राहकका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ।

‘यो दसैँ बेस्ट भ्यालु रोज्नुहोस्’ भन्ने नाराका साथ ल्याइएको यो योजना यही भदौ ७ गतेदेखि कात्तिक १४ गतेसम्म नेपालभरका सबै होन्डा शोरुममा लागू हुनेछ। यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।

Esewa
Crest

यस योजनाअन्तर्गत ग्राहकले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन्। कम्पनीले रु. ४ लाखसम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ। यसका साथै ग्राहकले ५ वर्षका लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स र १ वर्षको लागि सडक करमा छुटजस्ता सुविधा पनि पाउनेछन्।

पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकका लागि रु. २५ हजारबराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ। यसबाहेक ग्राहकहरुले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी र एकपटकका लागि निःशुल्क रोडसाइड असिस्टेन्सजस्ता थप सुविधा पनि प्राप्त गर्नेछन्।

यी सबै अफरले ग्राहकलाई होन्डा गाडीको स्वामित्व ग्रहण गर्दा पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ। यो योजना होन्डाका लोकप्रिय मोडेलहरु जस्तै होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसनलगायतका गाडीहरुमा उपलब्ध हुनेछ।

स्याकार ट्रेडिङ कम्पनीमा होन्डा ब्रान्डको सबैभन्दा विश्वसनीय नाम हो। विगत लामो समयदेखि नेपाली बजारमा उच्च गुणस्तरीय गाडी र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको कम्पनीले आफ्ना ग्राहकको विश्वास जित्न सफल भएको छ।

कम्पनीले आफ्ना ग्राहकलाई सधैँ नवीन र आकर्षक योजना प्रदान गर्दै आइरहेको छ र यो दसैँ योजना पनि त्यसैको एक निरन्तरता हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS