IME Life New

स्वास्थ्य बीमा कार्यक्रममा अतिगरिब परिवारलाई कसरी गरिँदैछ आबद्ध ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा अतिगरिब परिवारलाई आबद्ध गर्नेसम्बन्धी कार्यविधि, २०८२ तयार गरी लागू गरेको छ।

यो कार्यविधिअनुसार बोर्डले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट जारी भएको गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका, २०७५ बमोजिम संकलित तथ्यांक र विवरणका आधारमा अतिगरिब परिवारको पहिचान गर्नेछ। बोर्डले सोही निर्देशिकाबमोजिम अतिगरिब परिवार भनी पहिचान भएका परिवारको विवरण माग्न सक्नेछ।

Esewa
Crest

संकलित विवरण बोर्डले मातहतका सम्बन्धित प्रदेश र जिल्ला कार्यालयमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्नका लागि पठाउनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ।

जिल्ला कार्यालयले प्राप्त गरेको विवरण दर्ता अधिकारीहरुले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी सम्बन्धित वडामा कार्यरत दर्ता सहयोगीलाई उपलब्ध गराउनुपर्नेछ। दर्ता सहयोगीले विवरण प्राप्त गरेपछि सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी अतिगरिब परिवारको यकिन गर्नुपर्नेछ।

निर्देशिका अनुसार अतिगरिब परिवार भनी यकिन भएका परिवारलाई एक इकाइ मानी दर्ता अधिकारी वा दर्ता सहयोगीले विवरण संलग्न कार्यक्रममा आबद्ध गराउनुपर्नेछ। यसका लागि राज्य सुविधा परिचयपत्र, नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र र नाबालकको हकमा नाबालक परिचपत्र हुनुपर्नेछ।

यस कार्यक्रममा आबद्ध भएको वा नभएको अनुगमन तथा मूल्यांकनसहित आबद्धताको लक्ष्य निर्धारणमा स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति, दर्ता अधिकारी र सम्बन्धित पालिकाको गरिब पहिचान तथा परिचयपत्र वितरणसम्बन्धी काम गर्ने कर्मचारीले सहजीकरण गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।

राज्यको सुविधा परिचयपत्रको अवधिअनुसार बीमितले प्रत्येक वर्ष स्वास्थ्य बीमा नवीकरण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। स्वास्थ्य बीमा ऐन र स्वास्थ्य बीमा नियमावलीमा उल्लेख भएबमोजिमको अवधिमा नवीकरण नभएमा राज्य सुविधा परिचयपत्र अवधि समाप्त भएमा बीमाको समाप्ती र खारेजी भएको मानिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS