IME Life New

आजबाट नाडा अटो शो–२०२५ सुरु, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा ‘नाडा अटो शो– २०२५’ आज भदौ ३ गतेबाट उद्घाटन भएको छ । सो आयोजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । सो प्रदर्शनी भदौ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । प्रदर्शनीको उद्घाटन समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पनि सहभागिता रहेको थियो ।

‘गो फर मोर’ भन्ने मूल नारासहित आयोजना गरिएको यस संस्करणमा उन्नत प्रविधि, स्मार्ट मोबिलिटी र दिगोपनलाई विशेष प्राथमिकता राखिने नाडाले जनाएको छ ।

Crest

अत्याधुनिक स्वचालित चारपांग्रे रोबोट ‘युनिट्री रोबोट्स’ तथा भविष्यका शहरी हवाई सवारी ‘डिपल इभटोल युएभी’का झलकहरू प्रदर्शनीमा देख्न पाइनेछ ।

यस वर्षको शो’मा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, तथा ३५ अन्य कम्पनी (टायर, ल्युब्रिकेन्ट, उपकरण, वित्तीय संस्था आदि) गरी १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन् ।

करिब १ लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको यस शोको प्रदर्शनी क्षेत्रफल ३ लाख वर्गफुटमा फैलिनेछ, जुन अहिलेसम्मकै ठूलो हो । खल्ती एपमार्फत् टिकटको अग्रिम बुकिङमा २०५ क्यासब्याकको सुविधा दिइनेछ ।

प्रदर्शनीस्थलमा विभिन्न जोन (दुईपांग्रे, चारपांग्रे, अटो पार्ट्स, वित्तीय सेवा आदि) छुट्टाछुट्टै रुपमा व्यवस्था गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS