IME Life New

लक्ष्मी सनराइजका थप ३ म्युचुअल फन्डको लाभांश घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेको थप ३ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।

क्यापिटल सञ्चालक समितिको मंगलबार अपराह्न बसेको बैठकले लक्ष्मी उन्नति कोष, सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज फोकस्ड इक्विटी फन्डका इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Crest

क्यापिटलले उक्त आर्थिक वर्षको मुनाफाबाट करसहित इकाइधनीहरुलाई लक्ष्मी उन्नति कोषमा २० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फन्डमा १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डमा १३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

यसअघि लक्ष्मी सनराइज क्यापिटलबाट सञ्चालित लक्ष्मी भ्यालु फन्ड–२ र सनराइज ब्लुचिप फन्डको लाभांश घोषणा भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS