IME Life New

लक्ष्मी सनराइजका थप ३ म्युचुअल फन्डको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेको थप ३ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।

क्यापिटल सञ्चालक समितिको मंगलबार अपराह्न बसेको बैठकले लक्ष्मी उन्नति कोष, सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज फोकस्ड इक्विटी फन्डका इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Esewa
Crest

क्यापिटलले उक्त आर्थिक वर्षको मुनाफाबाट करसहित इकाइधनीहरुलाई लक्ष्मी उन्नति कोषमा २० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फन्डमा १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डमा १३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

यसअघि लक्ष्मी सनराइज क्यापिटलबाट सञ्चालित लक्ष्मी भ्यालु फन्ड–२ र सनराइज ब्लुचिप फन्डको लाभांश घोषणा भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS