IME Life New

स्वास्थ्य बीमाः अनावश्यक रुपमा रेफर नगर्न प्रथम सेवा विन्दुलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अनावश्यक रुपमा रेफर नगर्न प्रथम सेवा विन्दु तोकिएको स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ।

प्रथम सेवा विन्दुमा सूचीकृत सबै सेवा प्रदायक स्वास्थ्य संस्थाका नाममा बीमा बोर्डले आज सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। ‘स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरेका प्रथम सेवा विन्दुका रुपमा कार्य गर्ने कतिपय सेवा प्रदायक स्वास्थ्य संस्था स्वयंले नै सेवा उपलब्ध गराउन सक्ने पर्याप्त क्षमता हुँदाहुँदै र सेवाको उपलब्धताका लागि आवश्यक व्यवस्थापन गर्नुपर्नेमा स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५, स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण (रेफरल) सेवासम्बन्धी कार्यविधि २०८०, दाबी समीक्षा निर्देशिका, (पहिलो संसोधन) २०८१ विपरित तथा चिकित्सकीय सेवाको आचरणविपरित अनावश्यक रुपमा प्रेषण गरेको पाइएको छ’, सूचनामा भनिएको छ, ‘त्यसैले आफ्नो संस्थामा भइरहेको सेवा उपलव्ध नगराई प्रेषण गर्ने कार्य नगर्न नगराउनु होला।’

Esewa
Crest

प्रेषण गर्नुपरेमा अनिवार्य रुपमा कारण खुलाएर नियमावलीको अनुसूची–९ बमोजिमको प्रेषण पुर्जाअनुसारको स्पष्ट विवरण उल्लेख गरी प्रेषण गर्न बोर्डले निर्देशन दिएको छ। ‘स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ (संशोधन समेत) मा प्रथम सेवा विन्दुका रुपमा सूचीकृत सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमितलाई आवश्यक उपचार सेवा उपलब्ध गराउनुपर्छ’, सूचनामा भनिएको छ, ‘सो संस्थाले आवश्यक सेवा उपलब्ध गराउन नसक्ने भएमा सोही व्यहोरा उल्लेख गरी नजिकको अन्य सेवा प्रदायकमा सेवाको सुनिश्चितता हुने गरी प्रेषण गर्ने प्रावधान छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS