IME Life New

स्वास्थ्यमन्त्री पाैडेलले यसरी सुनाए स्वास्थ्य बीमाको नीतिगत सुधारको प्रयास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेलले आफ्नो कार्यकालको एक सय दिन पुरा गरेको अवसरमा स्वास्थ्य बीमा सहित स्वास्थ्य सेवा क्षेत्रमा भएको प्रगती विवरणको फेहरिस्त सार्वजनिक गरेका छन्।

पाैडेलले मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पाैडेलले स्वास्थ्य क्षेत्रका लागि नीतिगत र पूर्वाधार सहितका सुधारका कामहरू गरेको बताए। उनले अाफूले मन्त्रालयको नेतृत्व सम्हालेयता स्वास्थ्य बीमाको सुधारका लागि नीतिगत तथा सुविधा थैली बिस्तारको कार्य गरेको बताए।

Esewa
Crest

मन्त्री पाैडेलले सार्वजनिक गरेको कार्य प्रगती सूचीमा स्वास्थ्य बीमा तथा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमबारे उल्लेखित विषयहरूः
•    स्वास्थ्य बीमा ऐन र नियमावली संशोधन गरी अनलाइन नवीकरण र सहज रिफरलको व्यवस्था गरिएको ।
•    स्वास्थ्य बीमाको बक्यौताका कारण देखिएको समस्या हल गर्न चालू आर्थिक वर्षमा हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम परिक्षण गराई
फरफारक गर्ने व्यवस्था मिलाईएको।
•   बसोबास रहेको स्थानबाटै प्रथम बिन्दुको सेवा लिन सकिने व्यवस्था गरिएको।
•    प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रथम सेवा बिन्दु रहने व्यवस्था गरिएको ।
•    दीर्घ रोगको उपचारका लागि एक पटक रिफर लिएर गए पछि पुनः परिक्षणमा जाँदा फेरि प्रेषण पूर्जा बनाउनु नपर्ने व्यवस्था गरिएको।
•    बीमाको म्याद सकिएर नवीकरण गर्नु परेमा अनलाईन मार्फत गर्न सकिने व्यवस्था गरिएको ।
•    बीमा मार्फत प्राप्त हुने गरी ८ प्रकारका कडा रोग (क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन र
अल्जाइमर) का लागि २ लाख रूपैयाँ बराबरको उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको ।
•    उपचार सेवा लिन पहिलो पटक बीमा गरेको ३० दिनमात्र पुरा भए हुने व्यवस्था गरिएको।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS