IME Life New

जोखिम आधारित पूँजी सम्बन्धमा प्राधिकरणले जारी गर्‍यो नयाँ निर्देशिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जोखिम आधारित पूँजी निर्धारण सम्बन्धमा नयाँ निर्देशिका, रिस्क बेस्ड क्यापिटल एण्ड सल्भेन्सी डाइरेक्टिभ २०२५ (Risk Based Capital and Solvency Directive, 2025) जारी गरेको छ।

इजाजत प्राप्त सबै खाले बीमकको लागि जोखिम आधारित पूँजी सम्बन्धी प्रावधान चरणबद्धरूपमा कार्यान्वयनमा ल्याएको प्राधिकरणको सञ्चालक समितिले साबिकको निर्देशिका खारेज गरेर साउन १ गतेदेखि लागू हुने गरी नयाँ निर्देशिका जारी गरेको हो।

Esewa
Crest

प्राधिकरणले संशोधित निर्देशिका बमोजिम जोखिम मूल्याङ्कनका सम्बन्धमा बीमकले प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने विवरण सम्बन्धित ढाँचामा समेत परिमार्जन गर्दे बीमकलाई नयाँ ढाँचा उपलब्ध गराएको छ।

RBCS Directive for insurers 2025

प्राधिकरणका अनुसार, निर्देशिकाको प्रावधान कार्यान्वयनका लागि चालू आर्थिक वर्षका लागि क्वाण्टिटेटिभ रेगुलेटरी रिपोर्टिङ टेम्पलेट्स रिस्क वेस्ड क्यापिटल, (Quantitative Regulatory Reporting Templates Risk-Based Capital 2081-82) जारी गरिएको छ।

गत आर्थिक वर्ष २०८१।८२ को जोखिम आधारित पूँजी निर्धारणका लागि सबै बीमकले यो ढाँचा अनुरूप प्राधिकरणलाई जोखिम आधारित पूँजी गणनाको विवरण उपलब्ध गराउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS