IME Life New

दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड, अन्य परिसूचकहरुमा पनि उल्लेख्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१।८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड कायम भएको छ। बजारका अन्य परिसूचकमा पनि उक्त आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०८०।८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँबराबरको धितोपत्रको कारोबार भएकोमा आर्थिक वर्ष २०८१।८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँबराबरको कारोबार भएको छ। कारोबार रकम आर्थिक वर्ष २०८०।८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो। यसअघि आर्थिक वर्ष २०७७।७८ मा सबैभन्दा धेरै रकम १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो।

Esewa
Crest

यसैगरी वर्ष २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०८१।८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ। उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासनमार्फत ४ वटा कम्पनी थपिएका छन्। प्रथम निष्कासनमार्फत ३ करोड ६५ लाख कित्ता शेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता शेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता शेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख इकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०८१।८२ मा भएको उत्साहजनक कारोबारका लागि अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, अन्य नियामक निकाय, कारोबार सदस्य, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, सीडीएससी, लगानीकर्ता, सञ्चारकर्मीसहित पुँजीबजारका सरोकारवाला सबैमा धन्यवाद प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS