IME Life New

स्वास्थ्य बीमाः धरानसहित थुप्रै स्थानीय तहमा प्रथम सेवा विन्दु नतोक्दा जनता आक्रोशित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले साउनबाट लागू हुने गरी प्रथम सेवा विन्दु तोकिएका स्वास्थ्य संस्थाको सूची जारी गरेको छ।

स्वास्थ्य बीमामा आबद्ध बीमितलाई जुनसुकै स्थानमा स्वास्थ्य सेवा लिन सहज होस् भनेर बीमा बोर्डले ३७७ वटा प्रथम सेवा विन्दुको सूची सार्वजनिक गरेको छ। साउनदेखि लागू हुने गरी बीमा बोर्डले सामुदायिक र निजी स्वास्थ्य संस्था प्रथम सेवा विन्दु नरहने व्यवस्था गरेको छ।

Esewa
Crest

बीमा बोर्डले सार्वजनिक गरेको प्रथम सेवा विन्दुमा धरानलगायत थुप्रै स्थानीय तहका स्वास्थ्य संस्था छैनन्। यही कारणले ती क्षेत्रका बासिन्दा आक्रोशित बनेका छन्।

बीमा बोर्डले नै आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको प्रथम सेवा विन्दुसम्बन्धी सूचनामा थुप्रै आलोचनात्मक टिप्पणी गरेका छन्। सान पाख्रिन तामाङले बोर्डको सूचनामा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘अब धरानको मान्छे इटहरी र इनरुवा जानुपर्ने महाशय ? दिमाग खुस्कियो कि कसो ?’

त्यस्तै एन–राज भण्डारीले पनि लेखेका छन्, ‘म सुनसरीको बीमित व्यक्ति मोरङको हस्पिटल जानु परे रिफर चाहिन्छ कि चाहिँदैन।’

यसैगरी लेखराज श्रेष्ठले धरानका जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘धरानबाट जितेर जाने जनप्रतिनिधि प्रदेश संघीय संसद राजनीतिक दल आआफू लडाइँ गर्दा धरानको सेवासुविधा गुम्दै गएको छ।’

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले बीमितकै सहजताका लागि स्थानीय तहहरुमा उपलब्ध सरकारी स्वास्थ्य संस्थामा प्रथम सेवा विन्दु तोकिएको बताए। ‘बीमित जुनसुकै स्थानमा भए पनि सहज ढंगले स्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्य प्रथम सेवा विन्दु तोकिएको छ।’

अर्कोतर्फ संघीय तथा विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरुमा अनावश्यक भीडभाड नहोस् भनेर ती अस्पताललाई प्रथम सेवा विन्दु नतोकिएको मल्लले स्पष्ट पारे। ‘पहिला प्रथम सेवा विन्दुमा गएपछि थप उपचार सेवा चाहिएमा तत्काल विशेषज्ञ तथा विशिष्टकिृत अस्पताल बीमितलाई रिफर गर्न सकिन्छ’, उनले भने।

धरानलगायत केही स्थानीय तहमा प्रथम सेवा विन्दु नरहेको अवस्थामा बीमा बोर्डले ती स्थानीय तहलाई प्रथम सेवा विन्दु माग गर्न र पूर्वाधार खडा गर्न पत्राचार गरिसकेको मल्लले जानकारी दिए। ‘केही स्थानीय तहबाट माग भएको छ’, उनले भने, ‘बोर्डले प्रथम सेवा विन्दु थप्दै जानेछ।’

FSP_Hospital_List_Updated_Jul13_2025

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS