IME Life New

स्वास्थ्य बीमाः प्रथम सेवा विन्दुको आवश्यकताबारे जानकारी गराउन स्थानीय तहलाई आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुको आवश्यकताका विषयमा जानकारी गराउन सबै स्थानीय तहलाई आग्रह गरेको छ। बीमा बोर्डले आज एक सूचना जारी गर्दै सबै स्थानीय तहलाई यस विषयमा जानकारी गराउन आग्रह गरेको हो।

स्वास्थ्य बीमा ऐन, २०७४ (प्रथम संशोधन, २०८२)को दफा ९ को उपदफा (६)बमोजिम प्रथम सेवा विन्दु प्रयोजनकालागि प्रत्येक स्थानीय तहमा कम्पनीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने व्यवस्था रहेको छ। ‘सोही व्यवस्थाबमोजिम स्थानीय तहअन्तर्गतका कुन–कुन सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु आवश्यक पर्ने हो र प्रथम सेवा विन्दुमा लागि अपुग भएका मापदण्ड कति समयमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा बीमा बोर्डलाई जानकारी गराउन हुन निर्णयाअनुसार अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ।

Esewa
Crest

स्थानीय तहबाट प्राप्त हुने प्रथम सेवा विन्दुको माग र प्रस्तावित प्रथम सेवा विन्दुको न्यूनतम अपुग मापदण्ड एक महिनाभित्र पूरा गर्ने प्रतिबद्धतासमेतका आधारमा बीमा बोर्डले नयाँ प्रथम सेवा विन्दु थप गर्ने सम्बन्धमा आवश्यक निर्णय लिने सूचनामा प्रस्ट पारिएको छ।

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी तथा सहज रुपमा कार्यान्वयन गर्न बीमा बोर्डले देशभरका प्रथम सेवा विन्दुका रुपमा अनुमति प्राप्त सबै सरकारी स्वास्थ्य संस्थाबाट प्रथम सेवाको सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ। संघीय तथा विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरुमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु रहन नसक्ने कानुनी तथा व्यवहारिक व्यवस्था रहेको छ।

त्यसैलाई ध्यानमा राखी विगतमा नै स्थानीय तहहरुलाई आधारभूत अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुबाट प्रथम सेवा विन्दु सञ्चालन गर्न सकिने अवस्था, भौतिक पूर्वाधार, जनशक्ति तथा अन्य आधारभूत मापदण्ड पूरा गर्नेतर्फ ध्यान दिन बीमा बोर्डले पत्राचार गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS