IME Life New

नेपाल एसबीआई बैंकले असार ३० गतेबाट रु. ३ अर्बको ऋणपत्र ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबीआई बैंकले असार ३० गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ।

बैंकले ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्कासन गर्न लागेको हो। बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्नेछ।

Esewa
Crest

बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १२ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ।

यो ऋणपत्रमा निष्कासन बन्द छिटोमा साउन १ गते हुनेछ। यो समयभित्र पर्याप्त आवेदन नपरेको खण्डमा निष्कासन अवधि साउन १२ गतेसम्म लम्बिन सक्छ।

नेपाल एसबीआई बैंकको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। यो १० वर्षे अवधिको ऋणपत्र हो।

ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS