IME Life New

उपभोक्ता अदालतविरूद्ध देशैभरका चिकित्सकले काउन्सिललाई प्रमाण पत्र फिर्ता दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपभोक्ता अदालतले चिकित्सकीय लापरवाही सम्बन्धी मुद्दामा कार्य क्षेत्र नाघेर सुनुवाई र फैसला गरेको भन्दै नेपाल चिकित्सक संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

संघका महासचिव डा. सञ्जिव तिवारीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै शुक्रबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।चिकित्सक संघले  पहिलो दिन शुक्रबार देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।

Esewa
Crest

आइतबार कार्यस्थलमा बिहान एक घण्टा धर्ना दिने, सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरिएको छ।

सोमबारसम्म चिकित्सकहरूबाट हस्ताक्षर र मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय, काठमाडौंमा पठाउने कार्यक्रम संघले घोषणा गरेको छ। यसैगरी मंगलबार सबै प्रमाण पत्रहरू मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउने भएको छ।

संघले आह्वान गरेको आन्दोलमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनाभीएमआईए, एनपीएचओ लगायतले समेत ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS