IME Life New

कहाँ अड्कियो हिमालयन रिइन्स्योरेन्सको हकप्रद शेयरको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने घोषणा गरेको १६ महिना बित्नै लाग्दा समेत टुंगो लागेको छैन।

हिमालयन रिइन्स्योरेन्सले पूर्व स्वीकृति नलिई सञ्चालक समितिको बैठकबाट हकप्रद शेयर निष्काशनको निर्णय गरेको थियो। नेपाल बीमा प्राधिकरणले पुनर्बीमकको न्यूनत्तम चुक्ता पूँजी २० अर्ब रूपैयाँ पुर्‍याउन निर्देशन दिएको थियो। निर्देशन लगत्तै सञ्चालक समितिले पूँजी वृद्धिका लागि १ः०.८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेपनि पूर्व स्वीकृति नलिएको भन्दै प्राधिकरणले स्पष्टीकरण मागेको थियो।

Esewa
Crest

प्राधिकरणसँग पूर्व स्वीकृति नै नलिई हिमालयन रिइन्स्योरेन्सले २०८० फागुन २० गतेको साधारण सभाबाट ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो। प्राधिकरणले पूर्व स्वीकृति नलिई पूँजी वृद्धिको स्पष्टीकरण माग्दै हकप्रद निष्काशनको प्रकृया अघि बढाउन रोक लगाएको थियो।

हकप्रद शेयर निष्काशन गर्ने निर्णय सार्वजनिक गरेको झण्डै २ वर्ष ५ महिना बिति सक्दा समेत हिमालयन रिइन्स्योरेन्सले चुक्ता पूँजी वृद्धिका लागि प्राधिकरणबाट स्वीकृति पाएको छैन।

प्राधिकरणले २०८० माघ १७ गते दुई पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनी लिमिटेड(नेपाल रि) र हिमालयन रिइन्स्योरेन्स लिमिटेड (हिमालयन रि) लाई एक वर्षभित्र २० अर्ब रूपैयाँ चुक्ता पूँजी पुर्‍याउन निर्देशन दिएको थियो। साथै, पूँजी वृद्धिको योजना पेश गर्न दुबै कम्पनीलाई प्राधिकरणले १५ दिनको समय सीमा तोकेको थियो ।

तर, हिमालयन रिइन्स्योरेन्सले प्राधिकरणमा पूँजी वृद्धिको योजना नै पेश नगरी सञ्चालक समिति बैठकमार्फत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेपछि प्राधिकरणले स्पष्टीकरण मागेको थियो।

कम्पनीको २०८० माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले १ः०.८ अर्थात् १ शेयर बराबर ०.८ सेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

गत जेठ २५ गते सम्पन्न चाैथो वार्षिक साधारण सभामा सहभागि शेयरधनीले समेत हकप्रद शेयर निष्काशनको प्रकृयाको अध्यावधिक अवस्थाबारे सञ्चालक समिति अध्यक्ष शेखर गोल्छासँग चासो राखेका थिए।

गोल्छाले साधारण सभाबाट प्रस्ताव पारित भएपछि हकप्रद शेयर निष्काशनको स्वीकृतिका लागि पुनः प्राधिकरणसमक्ष निवेदन पेश गरेको भन्दै प्राधिकरणबाट स्वीकृति प्राप्त भएलगत्तै हकप्रद शेयर निष्काशन गर्ने जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

46%
happy

खुसी

0%
sad

दु :खी

31%
amazed

अचम्मित

15%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS