IME Life New

स्वास्थ्य बीमाः अब ‘प्रथम सेवा विन्दु’ सरकारी स्वास्थ्य संस्था मात्रै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अब ‘प्रथम सेवा विन्दु’ सरकारी स्वास्थ्य संस्था मात्रै रहने व्यवस्था गर्न लागेको छ।

बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थाका नाममा एक सार्वजनिक सूचना जारी गर्दै अब प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्रै रहने जानकारी गराएको हो।

Esewa
Crest

स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन)को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन)को नियम २ को खण्ड (छ)ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेको छ। सोही व्यवस्थालाई बीमा बोर्डले आउँदो साउन १ गतेबाट कार्यान्वयन गर्न लागेको हो।

साउन १ गते प्रथम सेवा विन्दु सामुदायिक र निजी स्वास्थ्य संस्था नरहने बोर्डले जनाएको छ। हाल केही सामुदायिक र निजी स्वास्थ्य संस्था पनि प्रथम सेवा विन्दुका रुपमा रहेका छन्।

हाल सबै स्थानीय तहमा सरकारी स्वास्थ्य संस्था रहेकोले यो व्यवस्था कार्यान्वयन गर्न लागिएको बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले बताए। ‘थोरै संख्यामा सामुदायिक र निजी स्वास्थ्य संस्था प्रथम सेवा विन्दुका रुपमा छन्’, उनले भने, ‘अब सरकारी स्वास्थ्य संस्था मात्रै प्रथम सेवा विन्दु कायम हुनेछन्।’

त्यसो त स्वास्थ्य मन्त्रालयले केही समयपहिले स्वास्थ्य बीमा नियमावलीमा संशोधन गर्दै बीमितलाई तोकिएकै स्वास्थ्य संस्थामा उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य गरिसकेको छ। अब बीमितले आफू बसेकै स्थानमा प्रथम सेवा विन्दु काम गरेर स्वास्थ्य उपचार सेवा लिन सक्ने व्यवस्था संशोधित निमायवलीमा गरिएको छ।

यो व्यवस्था साउनबाट लागू हुने देखिन्छ। यसले स्वास्थ्य बीमाको दायरा र पहुँच विस्तार हुने मन्त्रालयको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS