IME Life New

कमजोर आर्थिक अवस्थामा रहेको बंगलादेशमा राजश्व कार्यालयमा तालाबन्दी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय राजश्व बोर्डका अध्यक्षको राजीनामा र बोर्डमा नीतिगत सुधारको माग राख्दै आन्दोलनरत पक्षले बंगलादेशको राजश्व संकलन ठप्प बनाइ दिएको छ।

उनीहरूले शनिबार ‘राष्ट्रिय राजश्व बोर्डको कार्यालय बाहिर धर्ना र सभा समेत गरेका छन् । आइतबार पनि देशव्यापीरूपमा हड्ताल र प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।

Esewa
Crest

राजश्व संकलन ठप्प हुँदा आयकर, मूल्य अभिवृद्धि कर, भन्सार महशुल संकलन लगायतको काम ठप्प भएको छ। भन्सार नाकाहरूबाट आयातनिर्यात कारोबार समेत ठप्प हुन पुगेको छ।

सरकारी ढुकुटीमा राजश्व संकलन अवरूद्ध भएपछि अन्तरिम सरकारले बंगलादेश सीमा रक्षक, प्रहरी, र्‍यापिड एक्सन फोर्स र तट रक्षक दलका सुरक्षाकर्मीहरूले राष्ट्रिय राजश्व बोर्डको कार्यालय वरपर कडा सुरक्षा पहरा दिएर आफ्नो नियन्त्रणमा लिएका छन् ।

राष्ट्रिय राजश्व बोर्डले देशभरबाट सरकारी राजस्व सङ्कलन गर्छ। बोर्डको गतिविधि अवरुद्ध हुँदा देशको आर्थिक गतिविधि समेत अवरुद्ध हुन्छ। यसले अर्थतन्त्रमा असर गर्छ। यस्तो महत्वपूर्ण सरकारी निकायमा गत मे १२ देखि आन्दोलन जारी रहेको छ। राजश्व बोर्डको सुधारको लागि सरकारले पहल शुरू गरे लगत्तै सरकारी कदमको विरोधमा आन्दोलन चर्किएको हो।

प्रथम आलोका अनुसार, बोर्डका अधिकारी र कर्मचारी संलग्न रहेको आन्दोलनरत पक्षले सबै पक्षको सहभागितामा आधारित राजश्व क्षेत्र सुधार नीति निर्माण गर्न र राष्ट्रिय बोर्ड अध्यक्ष अब्दुर रहमान खानलाई बर्खास्त गर्न माग अघि सारेका छन् । आन्दोलनरत पक्षले बोर्ड टु्क्र्याइए पनि नयाँ गठन हुने विभागमा राजश्व प्रशासनका कर्मचारीहरू नै समावेश गरिनुपर्ने माग गरेका छन् ।

उनीहरूले शनिबार ‘राष्ट्रिय राजश्व बोर्डको कार्यालय बाहिर धर्ना र सभा समेत गरेका छन् । आइतबार पनि देशव्यापीरूपमा हड्ताल र प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।

सरकारले मे १२ मा नेशनल रेभेन्यु बोर्ड अफ बंगलादेश र आन्तरिक राजस्व विभाग खारेज गर्न र राजस्व नीति र राजस्व व्यवस्थापन विभाग, दुई विभागहरू सिर्जना गर्न अध्यादेश जारी गर्‍यो।  अन्तर्राष्ट्रिय मुद्रा कोषको दबाबका कारण सरकारले यो अध्यादेश जारी गरेको हो। राजश्व क्षेत्र सुधारका लागि बंगलादेशले कोषबाट ४ अर्ब ७० करोड अमेरिकी डलर सशर्त ऋण लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS