IME Life New

स्वास्थ्य बीमा कार्यक्रममा अनियमितता, बीमाको रु. २५ लाख कर्मचारीको खल्तीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य बीमा कार्यक्रमको शुल्क संकलनमा खटिएका कर्मचारीको मिलेमतोमा बीमा बोर्ड र अस्पतालको २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानका क्रममा स्वास्थ्य बीमा बोर्डले खटाएको कर्मचारीले बीमाशुल्कबापतको रकम बोर्डको खातामा जम्मा नगरी हिनामिना गरेको पुष्टि भएको हो। रकम हिनामिना गरेको अभियोगसहित आयोगले सोमबार प्रदेश अस्पताल सुर्खेतमा कार्यरत कर्मचारी तृप्ति शाहीसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Esewa
Crest

स्वास्थ्य बीमाबापतको २५ लाख ६७ हजार ५ सय २६ रुपियाँ ५० पैसा दाखिला नगरेको अभियोगमा अख्तियारले शाहीसहित लेखा अधिकृत (अधिकृतस्तर छैटौँ), शंकरप्रसाद सुवेदी र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको अख्तियारकाका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

अस्पतालले बीमाका लागि सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरेकोमा सोही संस्थाबाट अस्पतालको सामाजिक सेवा एकाई कार्यक्रमतर्फ शाखामा दर्ता सहायकका रुपमा तृप्ती शाही कार्यरत थिइन्। शाहीले अस्पतालमै नाम दर्ताको लागि प्रयोग गर्ने युजर नेम र पासवर्ड प्रयोग गरेर कुमारी बैंकको एक्सटेन्सन काउन्टरमा कार्यरत गोमासिंजाली मगरले रकम दाखिलाको भौचर जारी गर्दै आएकी थिइन्।

शाहीले डल्फिन सफ्टवेयरमार्फत बीमितको नाम दर्ता गर्दा ५ रुपैयाँ राजस्व लिएर बिल जारी गर्ने र बिलका आधारमा रकम संकलन गर्दै आएको र मगरले डल्फिन सफ्टवयेर मिलान गरी रकम दाखिला गरेको भौचर जारी गर्दै आएका थिए। त्यसपछि लेखा शाखाका अधिकृत सुवेदीले डल्फिन सफ्टवेयर हेरेर दैनिक रुपमा हिसाब फरफारक गर्दै आएको अख्तियारको भनाइ छ।

शाहीले अनाधिकृत रुपमा बिलिङ काउन्टरमा प्रवेश गरी बिलिङ गर्ने गरेको र बिलिङबाट प्राप्त रकम बैंक दाखिला नगरी हिनामिना गरी अनियमितता गरेको भन्ने उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा सो तथ्य बाहिर आएको हो। प्रतिवादीहरूले बीमाबापत २०८० श्रावण १ गतेदेखि २०८१ असार ३२ गतेसम्मको अवधिमा संलकन भएको राजस्व रकम ३४ लाख ३ हजार ८५६.५० रुपैयाँमध्ये ८ लाख ३६ हजार ३६० रुपियाँमात्रै बैंकमा दाखिला गरी बाँकी रकम दाखिला नगर्नुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको अख्तियारको दाबी छ।

यसबाट प्रतिवादीहरुले आफनो जिम्मामा रहेको प्रदेश अस्पताल सुर्खेतको सम्पत्ति हिनामिना गरी हानी पुर्याएको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिएका छन्। चारैजनाले मिलेमतोमा भ्रष्टाचार गरेकोलाई मध्यनजर गर्दै अख्तियारले भ्रष्टाचार गरेको रकम बिगो कायम गरी बिगोबमोजिमको जरिवाना र कसुर सजायको लागि मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS