IME Life New

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ४ सय शैय्या क्षमताको अस्पताल निर्माण गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ४ सय शैय्या क्षमताको अस्पताल निर्माण गर्ने भएको छ। प्रतिष्ठान सभाको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको छैठाैँ बैठकले अस्पताल भवन निर्माण लगायतको कामका लागि बजेट विनियोजन गरेको हो।

बैठकमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले गत पाँचौँ सभाबाट स्वीकृत भएबमोजिम चार सय श्यैयाको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना कार्यान्वयन शुरू भएको जानकारी गराएका छन्।

Esewa
Crest

प्रतिष्ठान सभाको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको छैठाैँ बैठकले अस्पताल भवन निर्माण, शैक्षिक अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना तथा बजेट कार्यक्रम पारित गरेको हो।

सभाले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि दुई अर्ब ७४ करोड ४१ लाख रूपैयाँको बजेट पारित गरेको छ।

कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा अोलीको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्रावधान संशोधन, प्रतिष्ठानको लोगो परिवर्तनलगायतका निर्णय गरेको छ।

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति सबै हिसाबले सुविधा सम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा र सेवा दिन आग्रह गरे।

उनले अाम नागरिकमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालका माध्यमबाट सबै स्वास्थ्यकर्मीलाइ आफ्नो ज्ञान सर्वसाधारणमा बाँड्न समेत अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS