IME Life New

जीवन बीमालेखमा फाइनान्सियल अन्डरराइटिङ किन आवश्यक छ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

  • निर्मलकुमार लामिछाने

जीवन बीमालेखमा फाइनान्सियल अन्डरराइटिङ भन्नाले बीमालेख गर्न चाहने व्यक्ति बीमितको आर्थिक हैसियतको औचित्य मूल्यांकन गर्ने प्रक्रिया हो। जसमा बीमितको आम्दानी, सम्पत्ति, दायित्व र बीमा आवश्यकताका आधारमा प्रस्तावित बीमांक उपयुक्त छ कि छैन भन्ने निर्णय गरिन्छ। प्रस्ताव मूल्यांकन गरी जोखिम निर्धारण गर्ने प्रक्रिया बीमा भएको हुँदा भविष्यमा घट्न सक्ने अनिश्चित घटनाबाट हुने जोखिमको न्यूनीकरण (पूर्ण क्षतिको सोधभर्ना होइन) गर्न गरिने वित्तीय व्यवस्था भएको हुँदा, बीमाले यदि बीमित व्यक्तिको आय नै छैन भने वा आयभन्दा धेरै ठूलो बीमा गरियो भने त्यसको आर्थिक औचित्य हुँदैन र बीमा सम्पत्ति आर्जन गर्ने उपकरणका रुपमा विकसित भई बीमितको स्वतन्त्र बाँच्न पाउने अधिकारको हननसमेत हुन सक्छ र यस्ता बीमामा नोमिनीको भेस्टेड इन्ट्रेस्ट रहेको हुन सक्छ।

मुख्य उद्देश्यहरु

Crest
  • बीमा रकम बीमित व्यक्तिको वास्तविक आर्थिक क्षमतासँग मेल खानु आवश्यक हुन्छ। यदि कसैले आफ्नो आम्दानीभन्दा धेरै बढी बीमा गराउँछ भने त्यो अनुचित हुन सक्छ।
  • बीमाको आवश्यकता पुष्टि गर्नु बीमालेखले वास्तविक आर्थिक जोखिम कभर गर्छ कि गर्दै भन्ने मूल्यांकन गर्न।
  • अत्यधिक बीमाको जोखिम न्यूनीकरण।
  • बीमा छलकपटको सम्भावनालाई कम गर्नु।
  • आयका आधारमा बीमा गर्ने सिध्दान्तलाई प्रश्रय दिनु।
  • बीमितको वास्तविक आयको पूर्ति गर्नु।
  • बीमालेख लिनुको उद्देश्य आर्थिक जोखिम व्यवस्थापन हो कि आर्थिक लाभ उठाउने प्रयास ?
  • कहिलेकाहीं बीमालेख दुरुपयोग गर्न पनि प्रयोग हुन सक्छ। विशेषतः निम्न आर्थिक पृष्ठभूमिका व्यक्तिहरुबाट अस्वाभाविक रुपमा ठूला बीमालेख प्रस्ताव भएमा।
  • कम आय भएका व्यक्तिहरुले अत्यधिक बीमांक प्रस्ताव गर्दा त्यसमा बीमाको दुरुपयोग, आत्महत्या वा हत्याजस्ता नैतिक जोखिमको सम्भावना हुन्छ। फाइनान्सियल अन्डरराइटिङले यस्तो जोखिमलाई न्यूनीकरण गर्नमा सहयोग पुर्याउँछ।

मूल्यांकनका प्रमुख आधारहरु

जीवन बीमा गर्न फाइनान्सियल मूल्यांकनका प्रमुख आधारहरु निम्नलिखित हुन सक्छ। यी आधारहरु प्रयोग गरेर बीमालेखको उपयुक्तता निर्धारण गर्न सकिन्छ। ता कि बीमा रकम आवेदकको आम्दानी, सम्पत्ति र दायित्वसँग सन्तुलित होस्।

वार्षिक आम्दानी

  • बीमितको कुल वार्षिक आम्दानी कति छ भनेर मूल्यांकन गरिन्छ।
  • यसका आधारमा बीमा रकमको अधिकतम सीमा निर्धारण गरिन्छ।
  • सामान्यतः बीमा रकम वार्षिक आम्दानीको १० देखि १५ गुणासम्म हुन्छ (उमेरअनुसार फरक पर्छ)।

उदाहरणः यदि कुनै व्यक्तिको वार्षिक आम्दानी रु. १२ लाख छ भने उसलाई १० गुणासम्म बीमा (रु १.२ करोड) आर्थिक रुपमा औचित्यपूर्ण ठहरिन सक्छ। तर, रु. ५ करोडको बीमा प्रस्ताव गर्दा फाइनान्सियल अन्डरराइटरले सोध्नेछ किन यति धेरै आवश्यक कमाइ, दायित्व वा सम्पत्तिका आधारमा उपयुक्त छ कि छैन ?

पेसा वा व्यवसायको प्रकार

  • आवेदकको पेसा, व्यापार वा नोकरीको स्थायित्व र जोखिमको स्तर हेरी मूल्यांकन गरिन्छ।
  • अस्थायी वा जोखिमयुक्त पेसामा रहेका व्यक्तिलाई सीमित बीमांकको मात्र बीमा प्रदान गरिन सक्छ।

सम्पत्ति र दायित्व

बैंकमा भएको रकम, घर–जग्गा, लगानी (जस्तैः शेयर, डिबेन्चर, म्युचुअल फन्ड) आदिको विवरण हेर्ने गरिन्छ।

आवेदकमाथि रहेका ऋण तथा दायित्वहरु पनि मूल्यांकन गरिन्छ।

बीमा आवश्यकताको उद्देश्य

बीमा किन गर्न लागिएको हो?

  • व्यक्तिगत सुरक्षा
  • परिवारको सुरक्षा
  • ऋणको भुक्तानी
  • कर योजनाको हिस्सा
  • व्यावसायिक साझेदारको सुरक्षा
  • सम्पत्ति योजनाको हिस्सा

अघिल्लो बीमा इतिहास

  • पहिले कति बीमा लिइसकेको छ?
  • अहिलेको बीमा योजनाहरुको जानकारी दिइन्छ।
  • कुल बीमा रकम अत्यधिक नहोस् भनेर जाँच गरिन्छ।

उमेर र जीवन चरण

  • युवा, वयस्कवा वृद्धावस्था हरेक चरणको बीमा आवश्यकता फरक–फरक हुन्छ।
  • उदाहरणः युवा व्यक्तिले धेरै बीमा लिने आवश्यकता नभए पनि पारिवारिक दायित्व भएका व्यक्तिले धेरै बीमा लिन सक्छ।

आर्थिक विवरण प्रमाणहरु

निम्न दस्तावेजहरु आवश्यक हुन सक्छन्ः

  • तलब तथा कर विवरण
  • बैंक स्टेटमेन्ट
  • व्यवसाय दर्ता प्रमाणपत्र
  • लेखापरीक्षण प्रतिवेदन
  • घरभाडा रकम वा घरभाडा सम्झौतापत्र
  • अन्य लगानीबाट प्राप्त आम्दानी जस्तै शेयर डिवेन्चर आदिमा लगानी।

विशेष ध्यान दिनुपर्ने क्षेत्रहरु

  • वैदेशिक रोजगारमा जाने व्यक्तिको आय अनुमानका आधारमा।
  • गृहिणी वा आम्दानी नभएका समूहमा बीमा गर्दा स्पाउसको आम्दानीमा आधारित अन्डरराइटिङ।
  • बिजनेस वनरका लागि ब्यालेन्स सिट, ट्याक्स रिटर्न, बैंक स्टेटमेन्ट आदिको आधारित अन्डरराइटिङ।

जीवन बीमा अन्डरराइटिङ गर्नका लागि आम्दानीका स्रोतहरु निम्न हुन सक्छः

  • तलब, व्यवसाय, कृषिआय, आदि
  • आय विवरण प्रमाण (इनकम ट्याक्स रिर्टन, बैंक स्टेटमेन्ट, तलब आदि)
  • कुल सम्पत्ति (जग्गा, घर, बैंक मौज्दात)
  • ऋणभार
  • पहिलेका बीमालेखहरुको विवरण
  • स्पाउसको आम्दानीको आधारमा पनि अन्डरराइटिङ गर्न सकिन्छ तर यस्मा जोखिम धेरै हुने हुन्छ।

निष्कर्ष

फाइनान्सियल अन्डरराइटिङ बीमा कम्पनीको सुरक्षाका लागिमात्र होइन बीमितको पनि हितका लागि अनिवार्य प्रक्रिया हो। जीवन बीमालेख ल्याप्स र सरेन्डर हुनुका प्रमुख कारणहरु आर्थिक, मनोवैज्ञानिक जानकारीको अभावसँग सम्बन्धित हुन्छन्। यी दुवै अवस्थाले बीमित र बीमक दुवैलाई असर पुर्याउने हुँदा बीमा कम्पनी तथा बीमित दुवैले फाइनान्सियल अन्डरराइटिङलाई ध्यान दिनु जरुरी हुन्छ।

(लेखक लामिछाने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कानुन तथा दाबी विभागका प्रमुख हुन्।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS