IME Life New

चीनले गर्दा मारूती सुजुकीको उत्पादन खुम्चियो, दुर्लभ खनिज नदिए उत्पादनै ठप्प हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनले दुर्लभ खनिज पदार्थको आपूर्ती ठप्प पारिदिएपछि भारतको मारूती सुजुकीले ‘ई भिटारा’ इभी एक्स को उत्पादनको लक्ष्य नै कटाैती गर्नु परेको छ ।

विद्युतीय मोटर गाडी उत्पादनका लागि आवश्यक पर्ने खनिजको निर्यातमा लगाएको प्रतिबन्धका कारण कम्पनीले उत्पादन लक्ष्य दुई तिहाइले घटाउने निर्णय गरेको हो ।

Esewa
Crest

रोयटर्सका अनुसार, अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा कम्पनीले सुरुमा २६ हजार ५१२ युनिट ‘ई भिटारा’ उत्पादन गर्ने योजना बनाएको थियो । तर, हाल उक्त संख्या घटाएर आठ हजार २२१ युनिटमा सीमित गरिएको छ ।

बिजनेश स्टाण्डर्डका अनुसार, जुलाइ महिनासम्मका लागि मात्र धान्ने गरी अत्यावश्क दुर्लभ खनिज(रेयर अर्थ म्याग्नेट) को जगेडा रहेकाले उत्पादनको लक्ष्य कटाैती गर्न बाध्य भएको जानकारी मारूती सुजुकीका अध्यक्ष आरसी भार्गवले दिएका छन् । चीनले निर्यात फुकुवा गर्नेमा भारतीय मोटरगाडी उत्पादक आशावादी छ।

विद्युतीय सवारी साधन उत्पादनका लागि आवश्यक म्याग्नेटसहितका दुर्लभ खनिजहरू उच्च प्राविधिक उपकरण निर्माणमा प्रयोग हुन्छ।

‘ई भिटारा’ सन् २०२४ को जनवरीमा भारतको अटो शोमार्फत सार्वजनिक गरिएको थियो । यो सवारीमार्फत मारुतीले विद्युतीय बजारमा सशक्त उपस्थिति जनाउने लक्ष्य लिएको थियो ।

मारूती सुजुकीले यो मोडलको जीप यूरोपेली बजारमा निर्यात शुरू गरि सकेको छ। घरेलु बजारमा भने आगामी जुलाई महिनादेखि बिक्री शुरू गर्ने घोषणा गरेको थियो।

कम्पनीका अध्यक्ष आरसी भार्गवले पछिल्लो संकटले ई भिटाराको उत्पादन वा सार्वजनिक गर्ने समय सीमामा तत्काल प्रभाव नपर्ने दाबी गरेका छन् ।

मारूती सुजुकीले  ४९ किलोवाट क्षमताको ब्याट्री प्याक भएको यो जीप यूरोपेली बजारमा भारू ३५ लाख रूपैयाँ बराबरको मूल्यमा सार्वजनिक गरेको छ। भारतीय उपभोक्ताहरू पनि यही दरमा इ भिटारा खरिद गर्न पाइनेमा आशावादी छन् ।

मारूती सुजुकी नेपाली बजारमा शुरूवाती मूल्यको सवारी साधन रूचाउने उपभोक्ताबीच लोकप्रिय ब्राण्ड हो। यसको पार्टपूर्जा सहजरूपमा प्राप्त हुने, उचित पुनर्बिक्री मूल्य प्राप्त हुने र मर्मत सम्हारका लागि पार्टपूर्जा उपलब्ध नभएको अवस्थामा सीमापारी भारतीय बजारबाट सस्तोमै ल्याउन संभव हुने भएकाले पनि नेपाली उपभोक्ताबीच यो ब्राण्डको क्रेज छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS