IME Life New

कोशी प्रदेश सरकारले विपन्न दृष्टिविहीन विद्यार्थीलाई एआई जडित चश्मा बाँड्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेश सरकारले विपन्न दृष्टीविहीन विद्यार्थीको सहज जीवनयापनका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जडित चश्मा उपलब्ध गराउने भएको छ।

आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले पेश गरेको बजेट वक्तव्यमा विपन्न परिवारका दृष्टीविहीन विद्यार्थीका लागि एआई जडित चश्मा उपलब्ध गराउने घोषणा गरिएको हो।

Esewa
Crest

दृष्टीविहीनलाई लक्षित गरेर बनाइएको यस्तो चश्मामा क्यामेरा जडान गरिएको हुन्छ। चश्मा लगाएको मानिसको अघिल्तिर भएका दृश्यको तस्वीर खिचेर चश्मामा भएको एआईले प्रयोगकर्तालाई तस्वीरमा कैद दृश्यबारे विस्तृत जानकारी दिन्छ।

यो चश्माले गुगल वा अन्य प्लेटफर्म मार्फत सटीक सूचना समेत उपलब्ध गराउन सक्छ ।

नेपाली गायीका मेनुका पाैडेललाई यस्तो चश्मा भारतीय डाक्टर नीतिन देधियाले उपहार स्वरूप प्रदान गरेका थिए ।

चस्माको साइडमा ब्रेल लिपीका केही अक्षर पनि राखिएका छन् । जसलाई थिचेर प्रयोगकर्ताले अन्य काम पनि गर्न सक्छन् ।

एआई जडित चश्मा विभिन्न सेन्सरहरू जडान गरिएको हुन्छ । जसले गर्दा चश्माले सटीक दृश्यमात्र कैद गर्ने र कुनै खतरा देखा परे सावधानीको संकेत दिन्छ ।

एआई अर्थात कृत्रित बुद्धिमत्तामा मान्छेले गर्ने व्यवहार, निर्णय लगायतको पक्षलाई समावेश गरेर सफ्टवेयर तयार पारिएको हुन्छ। जसमा पहिले नै उपलब्ध लाखाैं करोडाैं जानकारीहरूको आधारमा प्रयोगकर्ताको आवश्यकता अनुसारको जानकारी उपलब्ध गराउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS