IME Life New

यी हुन् हिमालयन रिइन्स्योरेन्सका २७ ठूला शेयरधनी, कसको हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा आइतबार (जेठ २५ गते) सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०।८१ को लाभांश पारित गर्नुका साथै सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ।

वार्षिक प्रतिवेदनअनुसार हिमालयन रिइन्स्योरेन्समा १ प्रतिशत वा सोभन्दा बढी शेयरधारण गर्ने लगानीकर्ताको संख्या २७ रहेको छ। सबैभन्दा धेरै शेयर स्वामित्व गर्नेमा अम्बर प्रोभेस्टमेन्ट प्रालि रहेको छ। यो कम्पनीसँग हिमालयन रिको ७० लाख ५६ हजार ४०० कित्ता अर्थात ६.७९ प्रतिशत शेयर स्वामित्व रहेको छ।

Esewa
Crest

यसैगरी दोस्रो शेयर स्वामित्व नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग रहेको छ। यी दुवै बैंकसँग हिमालयन रिको ५२–५२ लाख कित्ता रहेको छ। जुन कुल शेयरको ५–५ प्रतिशत हो।

इन्फिनिटी होल्डिङ्ससँग हिमालयन रिको ४६ लाख ८० हजार कित्ता (४.५० प्रतिशत), जगदम्बा मोटर्ससँग ३३ लाख २८ हजार कित्ता (३.२० प्रतिशत), जगदम्बा स्टिल्ससँग २२ लाख ८८ हजार कित्ता (२.२० प्रतिशत), विकास दुगरसँग २२ लाख ८८ हजार कित्ता (२.२० प्रतिशत), हंशराज हुलासचन्द एन्ड कम्पनीसँग २० लाख ८० हजार कित्ता (२ प्रतिशत) र स्याफ्रोन सीके इन्भेस्टमेन्ट्ससँग २० लाख ८० हजार कित्ता (२ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

यी हुन् हिमालयन रिइन्स्योरेन्सका ठूला शेयरधनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

50%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS