IME Life New

किया इण्डियाको गोदामबाटै मजदुरले चोरेर बेचिदिए १ हजार इन्जिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा दक्षिण कोरियाली मोटर उत्पादक कियाको गोदामबाट भारतीय कामदारहरूले १ हजारभन्दा बढी इन्जिन कवाडीमा बिक्री गरिदिएको घटनाको सनसनीपूर्ण खुलासा भएको छ।

किया मोटर्सले दिएको सूचनाका आधारमा प्रहरीले गरेको अनुसन्धानका क्रममा, तीन वर्षको अविधमा कारखानाबाट १,००८ थान इन्जिनहरू कवाडी व्यापारीसँग मिलेर चोरी गरिएको खुलासा भएको हो। चोरीमा संलग्न रहेका किया इन्डियाका दुई पूर्व कामदारहरूलाई  पक्राउ गरेर प्रहरीले केरकार गरेपछि यो घटना प्रकाशमा आएको थियो।

Esewa
Crest

चोरी भएको इन्जिनको मूल्य मात्रै २३ करोड अमेरिकी डलर बराबरको रहेको छ। प्रहरी अनुसन्धानले यो मुद्दाले “औद्योगिक सञ्चालन, सरोकारवालाको विश्वास र रोजगार सुरक्षामा व्यापक प्रभाव पारेको” उल्लेख गरेको छ, र अन्तर-राज्य अपराध सञ्जालहरूको बारेमा चिन्ता व्यक्त गरेको छ।

एशियन इन्स्योरेन्स पोष्टका अनुसार, कियाले मार्चमा दक्षिणी राज्य आन्ध्र प्रदेशको प्रहरीलाई चोरीको सम्बन्धमा उजुरी गरेको थियो। खासमा किया मोटर्सले माउ कम्पनी हुण्डाइबाट प्राप्त भएको इन्जिनहरू कति परिमाणमा कहाँ प्रयोग भएको छ भन्ने विषयमा सफ्टवेयरमा तथ्यांक जाँच गर्दा गोदाममा नरहेको, गाडीमा जडानका लागि पनि प्रयोग भइ नसकेको देखेपछि इन्जिनहरू हराएको पत्तो पाएको थियो र हाल कार्यरत र पूर्व कर्मचारी बीचको मिलेमतोमा चोरी भएको आशंका गरेको थियो।

अप्रिल १६ को प्रहरी कागजात अनुसार, प्रारम्भिक प्रहरी अनुसन्धानले किया इन्डियाका दुई पूर्व कामदारहरू- एकजना टोली नेता र अर्का इन्जिन डिस्प्याच सेक्सनको शाखा प्रमुख – नक्कली बिजक र नक्कली गेटपासहरू प्रयोग गरेर कारखानाबाट इन्जिनहरू अवैध रूपमा ढुवानी गर्न संलग्न रहेको पत्ता लगाएको छ।

यो चोरीको घटनासँगै बहुर्राष्ट्रिय कम्पनीहरूलाई भारतमा उद्योग व्यवसाय गर्दा आन्तरिक सञ्चालन र नियन्त्रणमा उच्च स्तरको सावधानी अपनाउनुपर्ने सन्देश दिएको छ। यसबाहेक विदेशी लगानीकर्ताहरूमाझ भारतको छबि समेत धुमिल बनाएको भन्दै सरोकारवालाले चिन्ता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS