IME Life New

भारतमा हाइड्रोपावरको जोखिम बहन गर्न बीमा पुल खडा गर्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समयमा जलवायू परिवर्तनको जोखिमका कारण जलविद्युत आयोजनाहरुको जोखिम बढ्दै गएपछि भारत सरकारले बीमा पुल स्थापनाका लागि स्वदेशी पुनर्बीमक जीआईसी रिसँग वार्ता सुरु गरेको छ। ‘हामी देशका सबै जलविद्युत प्लान्टलाई कभर प्रदान गर्न पुल खडा गर्न ऊर्जा मन्त्रालयसँग छलफल गरिरहेका छौँ’, जीआईसी रिका प्रमुख प्रबन्ध निर्देशक एन रामास्वामीलाई उद्घृत गर्दै एसियन इन्स्योरेन्स पोस्टले लेखेको छ।

विनाशकारी जोखिमहरु समावेश भएका कारण भारतमा जलविद्युत आयोजनाहरुका लागि सीमित पुनर्बीमा क्षमता उपलब्ध छ। ‘प्रायः विनाशकारी कभरहरु उपसीमित छन्। जलवायु जोखिमहरु र प्राकृतिक प्रकोपहरुको बढ्दो आवृत्ति र तीव्रतासँगै जोखिमहरु केवल ठूला हुँदै गइरहेका छन् र जलविद्युत आयोजनाहरुका लागि पर्याप्त जोखिम बहन गर्न केही उपयुक्त व्यवस्था गर्नुपर्नेछ’, रामास्वामीले व्याख्या गरे।

Esewa
Crest

प्रस्तावित जलविद्युत बीमा पूललाई बृहद र बलियो बनाउनका लागि पुलको विशेषताहरुको सम्बन्धमा छलफल भइरहेको छ। यसमा भारतमा आफ्नो सञ्चालन स्थापना गर्ने अन्य विश्वव्यापी पुनर्बीमक र घरेलु निर्जीवन बीमकहरुलाई पनि समावेश गरिनेछ।

जलविद्युतले सधैँ भारतको ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेलेको छ। जसले विद्युत ग्रिडलाई आवश्यक समर्थन प्रदान गर्दछ। यसले गर्दा विद्युत प्रणालीको विश्वसनीयता र लचिलोपन बढेको छ।

जलविद्युत परियोजनाहरुको विकास प्राकृतिक प्रकोप, भौगोलिक आश्चर्यजस्ता विभिन्न समस्याहरुले प्रभावित भएको छ। जसले गर्दा हालका वर्षहरुमा जलविद्युत क्षमता थप सुस्त भएको छ।

भारतको उत्तरी र पूर्वी क्षेत्रहरुका कुल विद्युत उत्पादन क्षमता ६० प्रतिशतभन्दा बढी समावेश रहेका जलविद्युत परियोजना हालका वर्षहरुमा प्राकृतिक प्रकोपहरुबाट गम्भीर रुपमा प्रभावित भएका छन्। जुलाई २०२३ मा हिमाचल प्रदेशमा अचानक आएको बाढीसले गर्दा यस क्षेत्रका धेरै विद्युत स्टेसनहरुको सञ्चालनमा बाधा पुगेको थियो । यसबाहेक अक्टोबर २०२३ मा पूर्वी क्षेत्रमा अचानक बाढीले धेरै जलविद्युत स्टेशनहरुको सञ्चालनमा थप बाधा पुर्याएको छ। जसले गर्दा उत्पादनमा गम्भीर असर परेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS