काठमाडौं । साझा यातायातले खरिद गरेको ४० थान बिजुली बसका लागि आवश्यक चार्जिङ स्टेशनको व्यवस्था नहुँदै सरकारले थप १०० थान बिजुली बस उपलब्ध गराउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट तथा कार्यक्रम घोषणा गर्दै अर्थमन्त्री विष्णु पाैडेलले साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराउने जानकारी दिएका हुन् ।
उले भने,“उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराइनेछ।”
उपत्यकाभित्र बिजुली बस सञ्चालन गरिरहेको साझा यातायातसँग बसको ब्याट्री चार्ज गर्नका लागि पर्याप्त संख्यामा आवश्यक पूर्वाधारहरू उपलब्ध छैन।
साझाले चार्जिङ स्टेशनका लागि जग्गा उपलब्ध गराउन सरकारलाइ अनुरोध गर्दै आएपनि पाएको छैन।

















