IME Life New

स्वास्थ्य बीमाः भक्तपुर क्यान्सर अस्पतालको चरम लापरबाही, बीमितको खातामा झन्डै लाख, भनियो ब्यालेन्स शून्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्यान्सर उपचारका लागि निकै नाम कमाएको भक्तपुर क्यान्सर अस्पतालको चरम लापरबाहीले स्वास्थ्य बीमामा आबद्ध एक बीमितले आफ्नो पैसा खर्च गरेर उपचार गर्नुपरेको छ।

सिन्धुली सुनकोसी गाउँपालिकाका टेबहादुर कार्की स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएदेखि नियमित रुपमा यो कार्यक्रममा आबद्ध भइरहेका छन्। सामुदायिक विद्यालयमा पूर्वप्रधानाध्यापकसमेत रहेका कार्की स्वास्थ्यप्रति सचेत भएकै कारण सरकारले उपलब्ध गराएको स्वास्थ्य बीमामा आबद्ध हुँदै आएका हुन्।

Esewa
Crest

करिब ३ वर्षअघि कार्कीको नाकभित्र क्यान्सर देखिएको थियो। उमेर ७० नाघिसकेकोले उनको सर्जरी हुन सकेन। रेडियो थेरापीमार्फत उनले आफ्ना क्यान्सरको उपचार गरे। उनी भक्तपुर क्यान्सर अस्पतालमा हरेक ६ महिनामा फलोअपमा आउने गर्छन्।

सरकारले उपलब्ध गराएको स्वास्थ्य बीमाबाटै कार्कीले आफ्ना उपचार गर्दै आएका छन्। जसका कारण उनलाई आर्थिक भार परेको छैन।

सुनकोशी गाउँपालिकाले कार्कीको परिवारको स्वास्थ्य बीमामा नेपाल कोरियनमैत्री नगर अस्पतालमा तोकिदिएको छ। चालु आर्थिक वर्षको नवीकरणपछि पहिलोपटक कार्कीकी श्रीमती टीकादेवी कार्की उपचारका लागि काठमाडौं आइन् र कोरियनमैत्री अस्पतालमा करिब साढे ३ हजार रुपैजाँजति स्वास्थ्य सेवा लिएर घर फर्किन्। लगत्तै क्यान्सर उपचारको फलोअपमा आएका कार्कीले भक्तपुर क्यान्सर अस्पतालमा जाँदा कोरियनमैत्री अस्पतालबाट रिफर लिएर गए। तर, भक्तपुर क्यान्सर अस्पतालमा स्वास्थ्य बीमा कार्ड देखाउँदा उनको ब्यालेन्स शून्य रहेको कर्मचारीहरुले बताए।

आफूसँग समय नभएकोले कार्कीले करिब ६–७ हजार रुपैयाँ खर्च गरेर भक्तपुर क्यान्सर अस्पतालमा स्वास्थ्य सेवा लिए। अस्पतालबाट फर्केपछि उनले स्वास्थ्य बीमा बोर्डमा सम्पर्क गरे र स्वास्थ्य बीमामा सरकारले उपलब्ध गराउनेबापतको पैसा नभएको विषयमा गुनासो पोखे।

स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्कीको घरमूल नम्बर हेरेर जाँच गर्दा उनको खातामा ९६ हजार रुपैयाँ बढी ब्यालेन्स रहेको देखियो। कार्की यसरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितलाई दुःख दिने काम भएकोले भक्तपुर क्यान्सर अस्पताललाई कारबाही गर्न माग गर्दै स्वास्थ्य बीमा बोर्डमा उजुरी दर्ता गराए।

सोही उजुरीका आधारमा स्वास्थ्य बीमा बोर्डले भोलिपल्ट नै भक्तपुर क्यान्सर अस्पतालका नाममा पत्र काट्दै पैसा हुँदाहुँदै किन ब्यालेन्स शून्य भनी बीमामार्फत स्वास्थ्य सेवा प्रदान गरिएको हो भन्दै स्पष्टीकरण सोधेको छ। यस विषयमा यथाशीघ्र जानकारी गराए पनि भक्तपुर क्यान्सर अस्पताललाई बोर्डले निर्देशन दिएको छ।

बीमित कार्कीले आफू पढेलेखेको हुँदा पनि सरकारले प्रदान गरेको स्वास्थ्य बीमा योजनामा ठगिएको बताए। ‘गाउँघरका मान्छे कति ठगिन्छन् होला’, उनले भने, ‘यस्ता लापरबाहीलाई नियन्त्रण गर्न सरकार र सम्बन्धित निकायले उचित कदम चाल्नुपर्ने देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS