IME Life New

नेपाल पुनर्बीमा कम्पनीको बल्ल आयो प्रथम त्रैमासको रिपोर्ट, कस्ता छन् वित्तीय सूचक ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ को प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रथम त्रैमाससम्म कम्पनीले ६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

Crest

शेयर पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड ७२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५५ करोड ७७ लाख रुपैयाँ र अन्य इक्विटीमा ७९ करोड २२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ४० करोड ३९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड ४० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५२ करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २२ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले १ अर्ब ४३ करोड ४७ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३३.५५ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब २८ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन ३८.४२ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ०.४७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३.७१ रुपैयाँले ऋणात्मक थियो। प्रतिशेयर नेटवर्थ १४५. ५४ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो १७६०.३० गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS