IME Life New

बीमा क्षेत्रकै पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’का इकाइहरु बाँडफाँट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा नेपालको बीमा क्षेत्रमै पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ का इकाइहरु आज बाँडफाँट गरिएको छ।

यो योजनाका इकाइहरु गत वैशाख ३ गतेदेखि वैशाख ७ गतेसम्म बिक्री खुला गरिएको थियो। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको थियो।

Esewa
Crest

यस योजनाका १ अर्ब २० करोड रुपैयाँको बिजपुँजीबराबरको १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बाँडफाँट गरिएको छ। जसमा १ करोड ७२ लाख ९१ हजार ९६० इकाइ कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ र १२ लाख ३५ हजार १४० इकाइ योजना व्यवस्थापक रियायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटललाई बाँडफाँट गरिएको छ। बाँकी १० करोड १४ लाख ७२ हजार ९०० इकाइ सर्वसाधारणलाई वितरण गरिएको छ।

रिलायबल समृद्धि योजना बन्दमुखी प्रकारको हो। यो १० वर्षे अवधिको योजना हो। यस योजनाका इकाइ बाँडफाँटपछि नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएपछि कारोबार गर्न मिल्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS