IME Life New

वैश्विक मोटर बीमामा एसिया प्रशान्तको नेतृत्व, व्यापार साढे १ ट्रिलियन डलर नाघ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा मोटर बीमाको नेतृत्व एसिया प्रशान्त क्षेत्रले गर्ने देखिएको छ।

मार्केट डाटा फोरकास्टले वैश्विक मोटर बीमा बजारमा एसिया प्रशान्त क्षेत्रले नेतृत्व गर्ने प्रक्षेपण गरेको हो। सन् २०३२ सम्म विश्व मोटर बीमा बजारको आकार १.६१ ट्रिलियर डलर पुग्ने अनुमान गरिएको छ। यो आकार सन् २०२४ पछि वार्षिक औसत ८.६ प्रतिशतले वृद्धि पुग्ने प्रक्षेपण गरिएको छ।

Esewa
Crest

सन् २०२४ मा वैश्विक मोटर बीमाको व्यवसाय ८३३.८ अर्ब डलरको भएको थियो। यसमा एसिया प्रशान्त क्षेत्रको बजार वृद्धिले महत्वपूर्ण भूमिका खेलेको मार्केट डाटा फोरकास्टको प्रतिवेदनमा उल्लेख छ।

विशेषगरी एसिया प्रशान्त क्षेत्रका चीन र भारत गाडी बिक्री उल्लेख्य बढेको छ। गाडी बिक्री बढेसँगै मोटर बीमा र थर्ड पार्टी सेवाको माग पनि बढेको छ।

मध्यपूर्व, अफ्रि र दक्षिण अमेरिकामा गाडीको बढ्दो प्रयोग बीमाको माग बढेको छ। गाडीधनी बीमाप्रति सचेत बन्दा पनि मोटर बीमाको माग बढिरहेको छ।

मोटर सेफ्टी र बढ्दो स्वचालित गाडीको प्रयोगले मोटर बीमाको बजार बढाएको छ। पुराना गाडी फेरेर नयाँ गाडी किन्ने प्रवृत्ति र गाडी बढ्दो प्रयोगले बीमकलाई बजार विस्तारमा अवसर सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS