IME Life New

अबको ४ वर्षमा एसिया प्रशान्त क्षेत्रको पुनर्बीमा व्यवसाय साढे ६८ अर्ब डलरको पुग्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अबको ४ वर्षमा एसिया प्रशान्त क्षेत्रको पुनर्बीमा व्यवसायको आकार साढे ६८ अर्ब अमेरिकी डलरको पुग्ने अनुमान गरिएको छ।

ग्लोबलडाटाले वार्षिक औसत ४.८ प्रतिशतको वृद्धिदरले सन् २०२९ सम्म एसिया प्रशान्त क्षेत्रको पुर्नीमा व्यवसाय ६८ अर्ब ४० करोड डलरको पुग्ने प्रक्षेपण गरेको हो। यो वृद्धि स्थिर पुनर्बीमा शुल्क र बढ्दो महाविपत्ति जोखिमको कभरको माग बढ्नुले हुने ग्लोबलडाटाको अनुमान छ।

Esewa
Crest

सन् २०२४ मा एसिया प्रशान्त क्षेत्रको पुनर्बीमा व्यवसाय ५४ अर्ब डलरको हुने अनुमान गरिएको छ। यो क्षेत्रमा पुनर्बीमा व्यवसाय सन् २०२५ मा ५६ अर्ब ३० लाख डलर, २०२६ मा ५८ अर्ब ८० करोड डलर, २०२७ मा ६१ अर्ब ०० करोड डलर र २०२८ मा ६४ अर्ब ७० करोड डलरको हुने ग्लोबलडाटाको प्रतिवेदनमा उल्लेख छ।

सन् २०२३ को समग्र वैश्विक पुनर्बीमा व्यवसायमा एसिया प्रशान्त क्षेत्रको योगदान १३.३ प्रतिशत रहेको थियो। यो वर्ष एसिया प्रशान्त क्षेत्रमा ५२ अर्ब ७० करोड डलरको पुनर्बीमा व्यवसाय भएको थियो। यस क्षेत्रमा पुनर्बीमा व्यवसायको बजार बढ्दै जानुमा परिपक्व र तीव्रगति बीमा बजार बढ्नु नै रहेको छ।

विशेषगरी एसिया प्रशान्त क्षेत्र जलवायु परिवर्तनबाट उत्पन्न हुने प्राकृतिक विपत्ति आक्रान्त बन्दै आएको छ। त्यसैले पनि पुनर्बीमाको माग उच्च भएकोले बजारको आकार पनि बढ्दै गएको ग्लोबलडाटाको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS