IME Life New

स्वास्थ्य बीमा सेवा लिनेभन्दा छाड्ने दर उच्च, ४७% स्थानीय तहमा मात्र प्रथम सेवा विन्दु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा स्वास्थ्य बीमा सेवा लिनेभन्दा छाड्ने दर उच्च देखिएको छ।

स्वास्थ्य बीमा बोर्डले जारी गरेको श्वेतपत्रले यस्तो देखिएको छ। श्वेतपत्रमा उल्लेख भएअनुसार हालसम्म कुल ८९ लाख ५२ हजार १३५ जना व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भएका छन्। चालु आर्थिक वर्ष २०८१।८२ को फागुन मसान्तसम्म क्रियाशील बीमितको संख्या ५७ लाख ५३ हजार ८१७ रहेको छ। जुन कुल जनसंख्याको २० प्रतिशतमात्रै हो। अझै ८० प्रतिशत नागरिकलाई समेट्न थप मेहनत गर्नुपर्ने श्वेतपत्रमा उल्लेख छ।

Esewa
Crest

त्यसो त स्वास्थ्य बीमा छाड्ने बीमितको दर उच्च रहेको देखिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म तथ्यांकअनुसार स्वास्थ्य बीमा छाड्ने दर ५४ प्रतिशत पुगेको छ। यसले एकपटक बीमा गरेपछि नवीकरण गर्ने वातावरण तयार गर्न नसकिएको देखिएको श्वेतपत्रमा उल्लेख छ। छाड्ने दर उच्च हुनुको कारण पहिचान गरी त्यसको सम्बोधनमा ध्यान दिन आवश्यक देखिएको छ।

श्वेतपत्रमा उल्लेख भएअनुसार स्वास्थ्य बीमा सेवा लिनको संख्या पनि बढ्दो क्रममा रहेको देखिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म ४८ प्रतिशत बीमितले स्वास्थ्य बीमा सेवा लिएका छन्। यो संख्या अघिल्लो वर्ष २०८०।८१ मा ४३ प्रतिशत र २०७९।८० मा ३८ प्रतिशत रहेको थियो।

यसैगरी स्वास्थ्य बीमा कार्यक्रम हाल ७७ जिल्लाका ७४९ वटा स्थानीय तहमा पुगेको छ। तर, ३५६ स्थानीय तहमा मात्र प्रथम सेवा विन्दु पुगेको छ। यो भनेको ४७.२ प्रतिशत स्थानीय तह मात्रै हो। अझै ३९७ अर्थात ५२.७ प्रतिशत स्थानीय तहमा प्रथम सेवा विन्दु छैन। त्यहाँका बीमित अन्य स्थानीय तहमा रहेका सेवा प्रदायकसँग सेवा लिनुपर्ने बाध्यता रहेको छ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागिताका हिसाबले गण्डकी प्रदेश अग्रस्थानमा रहेको देखिन्छ। स्वास्थ्य बीमामा यो प्रदेशबाट ३४ प्रतिशतको सहभागिता रहेको श्वेतपत्रमा उल्लेख छ।

त्यस्तै दोस्रो धेरै सहभागिता कोशी प्रदेश (३३ प्रतिशत) रहेको छ भने तेस्रो धेरै सहभागिता बागमती प्रदेश (२६ प्रतिशत) रहेको छ।

स्वास्थ्य बीमामा लुम्बिनी र कर्णाली प्रदेशबाट समान १४ प्रतिशत, सुदूरपश्चिमबाट ११ प्रतिशत र मधेसबाट ७ प्रतिशत सहभागिता रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS