IME Life New

विदेशी पुनर्बीमकलाई नेपाली बीमकले पुनर्बीमा शुल्क भुक्तानीको यस्तो छ प्रकृया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बीमा कम्पनीले आफूले स्वीकारेको जोखिम विभिन्न बीमा तथा पुनर्बीमा कम्पनीहरूलाई हस्तान्तरण गरेका हुन्छन् । स्वदेशी र विदेशी पुनर्बीमा कम्पनीलाई समेत पुनर्बीमा सम्झाैतामार्फत जोखिम हस्तान्तरण गरिएको हुन्छ।

विदेशी पुनर्बीमकलाइ पुनर्बीमा जोखिम हस्तान्तरणवापत बीमकले पुनर्बीमा शुल्क पनि भुक्तानी गर्नुपर्छ। पुनर्बीमा शुल्कको निर्धारण बीमक र पुनर्बीमक बीच भएको पुनर्बीमा सम्झाैता(ट्रिटी रिइन्स्योरेन्स) वा ऐच्छिक पुनर्बीमा(फ्याकलटेटिभ रिइन्स्योरेन्स) सम्झाैताका धारमा तय गरिन्छ।

Esewa
Crest

प्रत्येक त्रैमासिक अवधिमा बीमक र पुनर्बीमकले एक अर्कालाई लिनु दिनुपर्ने रकमको समायोजन गरेर बाँकी हुन आउने रकम बीमकले भुक्तानी गर्नुपर्ने हुन्छ। विदेशी पुनर्बीमकलाइ यस्तो रकम भुक्तानी दिनु अघि स्वदेशी बीमक वा पुनर्बीमकले नेपाल बीमा प्राधिकरण पूर्व स्वीकृति प्राप्त गरेको हुनुपर्छ। स्वदेशी पुनर्बीमक वा बीमकले विदेशी पुनर्बीमकलाई भुक्तानी गर्नुपर्ने रकमको निर्धारण उनीहरूले निश्चित अवधिमा हस्तान्तरण गरेको जोखिम, पुनर्बीमकबाट प्राप्त गर्नुपर्ने दाबी वापतको रकम, पुनर्बीमा कमिशन र पुनर्बीमा कारोबारमा भएको बचतको बाँडफाँडको समायोजनपछि गर्ने अभ्यास रहेको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको ‘विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत परिपत्र–२०८१’ मा विदेशी मुद्रामा पुनर्बीमा बीमाशुल्कको भुक्तानी सम्बन्धमा यस्तो व्यवस्था गरिएको छः

नेपालमा विधिवत रुपमा दर्ता भई कारोबार गरिरहेका बीमा कम्पनीहरूले विदेशी मुद्रामा पुनर्बीमक कम्पनीहरूलाई भुक्तानी गर्नुपर्ने पुनर्बीमाशुल्कको सटही सुविधा देहायमा उल्लिखित व्यवस्था अनुरुप इजाजतपत्रप्राप्त “क” र राष्ट्रियस्तरका “ख” वर्गका बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्न सक्नेछन्।

(क) सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूको नाउँमा जारी भएको “नेपाल बीमा प्राधिकरण” को सक्कलै सिफारिस पत्र निवेदनसाथ संलग्न हुनुपर्ने छ। पुनर्बीमा शुल्क वा बीमाङ्कीको पारिश्रमिक भुक्तानीका लागि विदेशी मुद्रा सटही सुविधाको सिफारिस प्राप्त गर्न आवश्यक कागज प्रमाणको सूची नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको छ।
(ख) यस्तो सटही सुविधा पुनर्बीमाशुल्क भुतक्तानीको लागि मात्र लागू हुनेछ ।
(ग) नेपाल बीमा प्राधिकरणले सिफारिस गरेको रकमलाई पुष्टि गर्ने सम्बन्धित पुनर्बीमा कम्पनीहरूको कागजातहरू जस्तैः डेबिट/क्रेडिट नोट, इन्भ्वाइस आदि संलग्न हुनुपर्नेछ ।
(घ) भुक्तानी गर्नुपर्ने रकमको न्चयकक रकममा प्रचलित व्यवस्था अनुसार अग्रिम कर(टिडिएस) दाखिला गरेको निस्सा लिएर मात्र सटही सुविधा प्रदान पर्नेछ ।
(ङ) यो व्यवस्था अन्तर्गत भारतमा भा.रु.मा मात्र भुक्तानी गर्न सकिनेछ ।
(च) यस्तो सटही सुविधा प्रदान गरेको मासिक विवरण महिना व्यतित भएको ७ दिनभित्र यस विभागमा पेश गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS