IME Life New

बल्ल आयो नेपाल पुनर्बीमा कम्पनीको चौथो त्रैमासको वित्तीय विवरण, कस्तो छ प्रदर्शन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

चौथो त्रैमाससम्म कम्पनीले निर्जीवन र जीवन बीमा व्यवसायबाट कुल १ अर्ब १३ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०७९।८० को चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २७.४१ प्रतिशतले घटेको छ।

Esewa
Crest

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ४० करोड ३९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड ४० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५२ करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २२ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ८३ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६७ करोड २६ लाख रुपैयाँ र अन्य इक्विटीमा ७२ करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा रिटेन्ड अर्निङ घटेको छ भने स्पेसल रिजर्भ, महाविपत्ति कोष र अन्य इक्विटीको आकार बढेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १० अर्ब ५८ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ११ अर्ब १३ करोड ५० लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ४.९१ प्रतिशतले घटेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ९ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ९ अर्ब ८८ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३.९१ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ८.४३ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म वार्षिक ईपीएस १२.१७ रुपैयाँ थियो। प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ९२.०४ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS