IME Life New

वैदेशिक रोजगार म्यादी बीमा पुल लागू गर्न बीमा प्राधिकरणको ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार बीमालेखको बिक्री र व्यवस्थापनका लागि जारी गरेको ‘वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशन, २०८१’ अझैसम्म लागू हुन सकेको छैन।

रोजगार म्यादी बीमालेख बिक्री गर्ने केही बीमकको असहमतिका कारण पुल लागू हुन नसकेको हो। प्राधिकरणले जीवन बीमक संघ नेपालसँगको बैठकमा भएको सहमतिविपरीत व्यवसायको हिस्सा बाँडफाँटसम्बन्धी निर्देशन जारी गरेपछि सन नेपाल लाइफ इन्स्योरेन्सले पुलसम्बन्धी प्रावधान मान्न आनाकानी गरिरहेको छ। सन नेपालको व्यवसायको अधिकांश हिस्सा वैदेशिक म्यादी बीमालेखको बिक्रीबाट प्राप्त हुने बीमाशुल्क आम्दानीले नै ओगटेको छ।

Esewa
Crest

चैत १२ गते प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदीको उपस्थितिमा भएको जीवन बीमकको प्रमुख कार्यकारी अधिकृतहरुको बैठक भएको  थियो।

सन नेपालले साबिकको व्यापार हिस्साको आधारमा व्यापारको बाँडफाँट गर्ने भएमात्र पुल प्रणालीमा सहभागि हुन सहमत हुने अडान राख्दै आएको छ। प्राधिकरणले गत भदौ महिनामा २०८१ साउन देखि नै लागू हुने गरी व्यापारको बाँडफाँट गर्न निर्देशन जारी गरेको थियो। बीमकको सहमतिविपरीत प्राधिकरणले व्यापार बाँडफाँटको हिस्सा तय गरेपछि यो निर्देशनको पालना अझैसम्म भएको छैन।

जीवन बीमक संघ नेपालले प्रारम्भमा ५० प्रतिशत हिस्सा गत आर्थिक वर्ष २०८०।८१ को कारोबारको आधारमा र बाँकी ५० प्रतिशत समानुपातिक आधारमा वितरण गर्न प्रस्ताव गरेको थियो । यो प्रस्तावमा बहुसंख्यक बीमक सहमत भए पनि केही बीमकले असहमति जनाएका थिए । बीमकको बैठकमा गत साउन महिनासमेतको कारोबार समेटेर बीमाशुल्क र जोखिम दुवैको बाँडफाँट गर्ने प्रस्ताव गरिएको थियो । तर, गत असोजसम्म आइपुग्दासमेत बीमकबीच सहमति कायम हुन नसकेपछि प्राधिकरणले हस्तक्षेप गर्दै निर्देशन नै जारी गर्यो ।

वैदेशिक रोजगारी म्यादी बीमाको व्यापार बाँडफाँटसम्बन्धी नयाँ व्यवस्था । स्रोतः नेपाल बीमा प्राधिकरण

जीवन बीमक संघ नेपालको सहजीकरणमा प्रमुख कार्यकारी अधिकृतहरुबीच भएको सहमतिविपरीत प्राधिकरणले कुनै ठूला व्यापारिक घरानाको प्रभावमा व्यवसाय बाँडफाँटसम्बन्धी निर्देशन लागू गरेको भन्दै बीमकको असन्तुष्टि रहँदै आएको छ।

विशेषगरी एउटा समूहको प्रत्यक्ष अप्रत्यक्ष लगानी रहेको एउटा जीवन बीमक र तीनवटा लघु जीवन बीमकसहित चारवटा बीमा कम्पनीको व्यापार सुनिश्चित गर्नका लागि प्राधिकरणले निर्देशनमार्फत नै व्यापार बाँडफाँट गरेको भन्दै असन्तुष्टि जनाइरहेका छन् । वैदेशिक रोजगार म्यादी बीमालेख बिक्रीमा यी चारवटै बीमकको बजार हिस्सा शून्य थियो।

सन नेपाल लाइफ, एसियन लाइफ, नेपाल लाइफ, सूर्य ज्योति लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ वैदेशिक रोजगार बीमालेख जारी गर्ने प्रमुख जीवन बीमक हुन्। पछिल्लो समयमा लघु जीवन बीमकले पनि यो बीमालेख बिक्री गर्ने इजाजत प्राप्त गरेका छन् । भारतीय संयुक्त लगानीको एलआईसी नेपाल र अमेरिकी बीमक मेट लाइफ(एलिको), सरकारी बीमक राष्ट्रिय जीवन बीमक कम्पनीले सुरुदेखि नै यो बीमालेख बिक्री गर्दैन।

निर्देशनमा वैदेशिक रोजगार म्यादी बीमालेख पुल व्यवस्थापनको जिम्मा स्वदेशी पुनर्बीमा कम्पनीले गर्ने भन्ने उल्लेख छ। गत फागुन ६ गते पहिलोपटक संशोधित वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक कोष (पुल) सञ्चालनसम्बन्धी निर्देशन, २०८१ मा पुलको प्रबन्धन, पुनर्बीमा कम्पनीहरुले ४–४ वर्षका लागि पालैपालो गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था लगत्तै नेपाल पुनर्बीमाले पहिलो ४ वर्षका लागि हिमालयन रिइन्स्योरेन्सलाई जिम्मा दिने सहमति गरेको थियो।

२०७५ माघ १ गते पहिलो पटक यो बीमालेख बिक्रीका लागि बीमा प्राधिकरणले बीमा पुल सञ्चालन गरेको थियो। त्यसपछि प्राधिकरणले १ साउन २०७९ देखि लागू हुने गरी बीमा पुल खारेज गरिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS