IME Life New

बैंकहरुको मुद्दति निक्षेपमा रु. १.१५ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। केन्द्रीय बैंकले कुल रकममध्ये ९२ करोड रुपैयाँ वाणिज्य बैंकमा, १७ करोड २५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी ५ करोड ७५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।

Esewa
Crest

इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाले चैत ५ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।

यो मुद्दति निक्षेप २०८१ चैत १० गतेदेखि २०८२ चैत ९ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS