IME Life New

स्वरोजगार लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ चैत १ गते शुक्रबार बाँडफाँड हुने भएको छ । उक्त एफपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा विहान १० बजे बाँडफाँड हुने जनाइएको छ ।

कम्पनीले फागुन १८ गतेदेखि एफपीओ निष्कासन गरेको थियो । संस्थााले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गरेको थियो ।

Esewa
Crest

मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। जसमा भाग्यमानी १९ हजार ५७७ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने तिनै भाग्यमानीमध्ये ३ जना थप १–१ शेयर पाउनेछन्।

एफपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले संस्थालाई इक्रएनपी इस्युअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ। यसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल स्वरोजगारको चुक्तापुँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ। एफपीओ बिक्रीपश्चात संस्थाको चुक्तापुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS