IME Life New

नेरुडे मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फिदिम, पाँचथरले एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता तथा महत्व, कर्जा व्यवस्थापन, बीमा तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्ले रहेका थिए । काफ्लेले बचतको महत्व, कर्जा अनुशासन तथा कर्जाको सहि सदुपयोगबारे प्रकाश पार्दै, यसको दुरुपयोग हुँदा हुन सक्ने कानुनी कार्यवाही तथा समस्याका बारेमा जानकारी गराएको थियो। साथै, फिदिम नगरपालिका वडा नं ४ का वडा अध्यक्ष उपेन्द्र लावतीले समसामयिक आर्थिक विषयहरूमा आफ्नो विचार प्रस्तुत गरेका थिए ।

Esewa
Crest

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी सहायक निरीक्षक दिपक धिमाल, कोशी प्रादेशिक कार्यालय अन्तर्गत फिदिम क्लस्टरका अनुगमन अधिकृत सन्तोष तामाङ, शाखा कार्यालय फिदिमका सम्पूर्ण कर्मचारी तथा विभिन्न केन्द्र तथा समूहका प्रमुख, उपप्रमुख तथा सदस्य गरी ७० भन्दा बढीको उपस्थिति रहेको थियो।

कार्यक्रममा शाखा प्रमुख रमेश खनालले संस्थाले प्रदान गर्ने सेवा सुविधाबारे विस्तृत जानकारी गराएका थिए । साथै, गत असोज महिनामा अविरल वर्षाका कारण पहिरोमा परी निधन भएकी पाँचथर जिल्ला फिदिम नगरपालिका २ मजिटे निवासी देबिभक्त राईकी श्रीमती रञ्जना राईको परिवारजन तथा आफन्तलाई ग्रामीण कर्जा बीमा बापतको रु १० लाख १० हजार बीमा दाबी रकम समेत वितरण गरिएको थियो।

कार्यक्रमको अन्त्यमा उत्कृष्ट केन्द्र तथा उत्कृष्ट सदस्यहरूलाई पुरस्कार वितरण गरिएको थियो। सहभागीहरूले वित्तीय जानकारी प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रम भविष्यमा पनि आयोजना भए हुने अपेक्षा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS