इन्स्योरेन्स खबर/काठमाडौंः सनराइज बैंकले आफ्ना बचत खाताका ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ । बैंकले स्वास्थ्य बीमा सुविधा अन्तर्गतको रकम भुक्तानी गरेको हो ।
बैंकका लगनखेल शाखाका ग्राहक चिनीकाजी महर्जनको शल्यक्रियामा लागेको उपचार खर्च प्रदान गरेको बैंकले जनाएको छ । महर्जनको उपचारमा १८ हजार ९ सय ५ रुपैयाबराबरको रकम बैंकका बरिष्ठ नायव महाप्रवन्धक आशा राणा अधिकारले प्रदान गर्नुभएको थियो ।
बैंकले बीमा अन्तर्गत बैंकका बचतकर्ताले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउदा लाग्ने खर्च १ लाख रुपैयामा नबढ्ने गरि आफ्नो बचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत व ाबिल रकममध्ये जुन कम हुन्छ सो रकम प्रदान गर्दै आएको छ ।