IME Life New

स्वरोजगार लघुवित्तको एफपीओ भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओमा आवेदन दिने आज फागुन २१ गते अन्तिम दिन रहेको छ।

संस्थाले गत फागुन १८ गतेदेखि एफपीओ निष्कासन गरेको छ। यो एफपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

Esewa
Crest

संस्थााले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गरेको छ। लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

सीडीएससीको मंगलबार साँझसम्मको तथ्यांकअनुसार संस्थाको एफपीओमा १५ लाख ४ हजार ४५५ आवेदकबाट १ करोड ८९ लाख ३७ हजार १६० कित्ता शेयरका लागि आवेदन परेको छ। जुन मागभन्दा ९६.७३ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। जसमा भाग्यमानी १९ हजार ५७७ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने तिनै भाग्यमानीमध्ये ३ जना थप १–१ शेयर पाउनेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको ‘मेरो शेयर’बाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। संस्थाको एफपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले संस्थालाई इक्रएनपी इस्युअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ। यसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल स्वरोजगारको चुक्तापुँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ। एफपीओ बिक्रीपश्चात संस्थाको चुक्तापुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS