IME Life New

आजसम्म शेयर किन्नेले दोर्दी खोला जलविद्युतको हकप्रद शेयर भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद शेयर शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन १३ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्। फागुन १४ गते महाशिवरात्रि परेकोले सार्वजनिक बिदा रहेकोले आजसम्म कायम शेयरधनीले मात्रै हकप्रद भर्न पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराको हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ। हकप्रद जारी गर्ने मितिले भने कम्पनीले तय गरेको छैन।

धितोपत्र बोर्ड माघ २३ गते दोर्दी खोला जलविद्युतलाई हकप्रद शेयर जारी गर्ने अनुमति दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS