IME Life New

एयर इण्डियाको जहाजको लागि रू २७ खर्बको पुनर्बीमा ‘डिल’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय वायू सेवा कम्पनी, एयर इन्डियाले बीमाशुल्क वृद्धि नगरी २० अर्ब अमेरिकी डलर बराबरको जहाज बीमा नविकरण गर्न सफल भएको छ।  भिस्तारा एयरलाइ गाभेपछि एयर इन्डियाले आफ्नो विस्तारित जहाज बेडा (फ्लीट)को लागि २० अर्ब अमेरिकी डलर बराबरको बीमा सुरक्षा सुनिश्चित गरेको हो।

एशियन इन्स्योरेन्स रिभ्युका अनुसार, मर्जर पछि जहाजको संख्या थपिएसँगै पुनर्बीमावापतको बीमाङ्क १२ अर्ब डलरबाट बढेर २० अर्ब डलर पुगेको छ। यो रकम प्रचलित विनिमय दर अनुसार करिब २७ खर्ब ७४ अर्ब ९ करोड नेपाली रूपैयाँ हो। भारतीय राष्ट्रिय ध्वजावाहक वायू सेवा कम्पनी एयर इण्डियाको विमानहरूको पुनर्बीमा अंकवापतको रकम नेपाल सरकारको चालू आर्थिक वर्ष २०८१।८२ का लागि घोषित वार्षिक बजेटको अंक भन्दा झण्डै डेढ गुणा बढी हो ।

Esewa
Crest

एशियन इन्स्योरेन्स रिभ्युका अनुसार, पुनर्बीमा बीमाङ्क बढे पनि, एयर इन्डियाको बीमाशुल्कवापतको खर्च करिब ३ करोड अमेरिकी डलर(४ अर्ब १६ करोड ११ लाख रूपैयाँ) मा स्थिर रहनेछ।

हालैका दुर्घटनाहरूका कारण उड्डयन बीमाशुल्कमा विश्वव्यापी वृद्धि देखिए पनि, एयर इन्डियाले अनुकूल दरहरू प्राप्त गरेको छ। एशियनइन्स्योरेन्स रिभ्युले लेखेको छ, स्रोतहरूका अनुसार, यो उपलब्धि बजारको नरमता, रणनीतिक वार्ता, बलियो जोखिम व्यवस्थापन अभ्यास, र एयरलाइन्सको स्वच्छ दाबी रेकर्डको संयोजनलाई श्रेय दिइएको छ। नेपालमा वाणिज्य बैंकहरूबाट ठूलो व्यापारीले सर्वसाधारणले ऋण लिने ब्याज दर भन्दा निक्कै सस्तो दरमा कर्जा सुविधा उपभोग गरे झैं एयर इण्डियाले पनि आफ्नो विमानको संख्या, कारोबारको अंक, भविष्यमा थपिने विमानको संख्या सहित कुशल ढंगबाट पुनर्बीमकसँग मोलमोलाई गरेर बीमाशुल्क खर्चर लगभग स्थिर राख्न सफल भएको हो।

पछिल्ला केही वर्षयता एयर इण्डियाले विमान उडान सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै उडान पूर्व, उडानका क्रममा र उडान पछि हुनसक्ने स सानो हेलचक्याइँलाई समेत महत्वका साथ नियन्त्रण गर्दै आएको छ।यसका कारणले यसको जहाजमा ठूलो प्राविधिक गडबडी वा जहाज दुर्घटनामा पर्ने समस्या देखिएको छैन।

२० अर्ब अमेरिकी डलरको बीमालेखले घटना, दुर्घटना वा युद्धबाट हुने विमान क्षतिको लागि जोखिम बहन गर्नेछ। यो एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसद्वारा सञ्चालित ३०० भन्दा बढी विमानहरूमा लागू हुनेछ। यसबाहेक, अर्को एउटा बेग्लै बीमालेखले यात्रु र तेस्रो-पक्ष सम्बन्धित दायित्वहरू समेट्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS