IME Life New

वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायः अब कोष प्रबन्धकको जिम्मेवारी पुनर्बीमकलाई पालैपालो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायमा अब पुनर्बीमक कम्पनीहरुले पालैपालो कोष प्रबन्धकका रुपमा कार्य गर्नुपर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशन, २०८१ मा पहिलो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। हाल नेपाल सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र निजी क्षेत्रबाट प्रवर्द्धित हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि)ले पुनर्बीमा व्यवसाय सञ्चालन गर्दै आएका छन्।

Esewa
Crest

यस निर्देशनमा सामूहिक बीमा कोषको व्यवस्थापन गर्ने जिम्मा पुनर्बीमा कम्पनीहरुलाई दिइएको छ। यसअघि निर्देशनको दफा ५ मा प्राधिकरणबाट इजाजतपत्र प्राप्त पुनर्बीमकहरुले संयुक्त रुपमा कोष प्रबन्धकका रुपमा कार्य गर्नुपर्ने व्यवस्था रहेको थियो। अब यो दफामा संशोधन गर्दै प्राधिकरणले ‘पुनर्बीमकहरुले संयुक्त रुपमा’ भन्ने शब्दको सट्टा ‘प्रत्येक पुनर्बीमकले ४ वर्षका लागि पालैपालो’ भन्ने शब्दहरु राखिएको छ।

संशोधित निर्देशनबमोजिम अब प्रत्येक पुनर्बीमकले ४ वर्षका लागि पालैपालो सामूहिक बीमा कोषको व्यवस्थापन गर्ने जिम्मेवारी निभाउनुपर्नेछ।

यसैगरी प्राधिकरणले निर्देशन दफा ८ मा पनि संशोधन गरेको छ। संशोधित दफा ८ मा वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्ने सदस्य बीमकले बीमालेख जारी गर्नेदेखि दाबी भुक्तानीसम्मको कामका लागि व्यवस्थापन खर्चस्वरुप बीमाशुल्कको १ प्रतिशत हुने रकम पाउने व्यवस्था गरिएको छ। कोष प्रबन्धकले बीमांकीय मूल्यांकनका लागि लागेको वास्तविक खर्च सदस्य बीमकहरुमा बीमाशुल्क बाँडफाँटका आधारमा मिलान गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी कोष प्रबन्धकले सामूहिक बीमा कोषको पुनर्बीमाको प्रबन्ध गर्ने व्यवस्था पनि संशोधित निर्देशनमार्फत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS