IME Life New

हिमालयन रिको व्यापार साढे २ अर्ब माथि, नाफा ६१.६९ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमास (साउन–पुस)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २.३६ प्रतिशतले वृद्धि भएको हो।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीले शेयर प्रिमियममा शीर्षकमा ३ अर्ब १८ करोड रुपैयाँ सञ्चित गरेको छ। कम्पनीको शेयर पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ।

कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ५ करोड ८९ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ७२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४६ करोड ८ लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ८० लाख रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ५० करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले २ अर्ब २४ करोड २१ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११.८० प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १४.९० प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ११.८६ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस १२.०५ रुपैयाँ रहेको थियो। प्रतिशेयर नेटवर्थ १६१.५७ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ६७.२८ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS