IME Life New

स्वास्थ्य बीमा ऐन संशोधन गर्ने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्वास्थ्य बीमा ऐन, २०७४ संशोधन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले स्वास्थ्य बीमा ऐन संशोधन गर्ने निर्णय गरेको हो। योसँगै स्वास्थ्य बीमा ऐन संशोधन गर्ने बाटो खुलेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य बीमा ऐन संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो। ‘मन्त्रिपरिषदको बैठकले मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ’, स्वास्थ्य मन्त्रालय स्रोतले भने, ‘अब स्वास्थ्य बीमा ऐनमा संशोधनको प्रक्रिया अगाडि बढ्नेछ।’

Esewa
Crest

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले विस्तार गर्न हालको ऐनमा परिवर्तन गर्नुपर्ने बताउँदै आएका थिए। यसअघि स्वास्थ्य बीमा सुधारका लागि गठित समितिले मन्त्रालयमा बुझाएको प्रतिवेदनमा थुप्रै सुधारका सुझाव दिएको थियो।

उता स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष कार्यकारी निर्देशकविहीन रहेको छ। यी दुवै पद कात्तिकको चौथो सातादेखि रिक्त रहेको छ। डा दामोदर बसौलाको कार्यकारी निर्देशकको कार्यकाल कात्तिक २५ गतेबाट सकिएको थियो भने अध्यक्षबाट डा गुणराज लोहनीको राजीनामा कात्तिक २६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको थियो।

मन्त्रालयले स्वास्थ्य बीमा ऐनमा संशोधन गरेपछि मात्रै बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशकको नियुक्ति गर्ने योजना बनाएको छ। ‘अब ऐन संशोधन गरेर दुवै पदमा नियुक्ति प्रक्रिया अगाडि बढाइनेछ’, स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS