IME Life New

ऐनमै संशोधनपछि मात्रै स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशकको नियुक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा रिक्त अध्यक्ष र कार्यकारी निर्देशक पदमा नयाँ नियुक्ति प्रक्रियामा विलम्ब हुने देखिएको छ। स्वास्थ्य बीमा ऐन, २०७४ मा संशोधन गरेरमात्रै बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक नियुक्त गर्ने तयारी सरकारले गरेपछि विलम्ब हुने देखिएको हो।

गत कात्तिकको चौथो सातादेखि बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशकविहीन बनेको छ। डा दामोदर बसौलाको कार्यकारी निर्देशकको कार्यकाल कात्तिक २५ गतेबाट सकिएको थियो भने अध्यक्षबाट डा गुणराज लोहनीको राजीनामा कात्तिक २६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको थियो। मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा असहयोग गरेकोमा असन्तुष्टि जनाउँदै लोहनीले राजीनामा दिएका थिए।

Esewa
Crest

खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक बनेका बसौला भने ४ वर्षे कार्यकाल पूरा भएपछि अवकाश भएका हुन्। त्यसो त उनलाई सरकारले दुईपटक विभिन्न बहाना स्पष्टीकरण सोधेर निलम्बन गर्ने प्रयास गरे पनि सर्वोच्च अदालतको आदेशमा पदमा पुनर्बहाली भएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अब स्वास्थ्य बीमा ऐनमा संशोधन गरेर मात्रै स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक नियुक्ति गर्ने तयारी भइरहेको बताए। ‘अहिले ऐन संशोधनका क्रममा रहेको छ, छिट्टै संशोधन सकेर अध्यक्ष र कार्यकारी निर्देशकको नियुक्ति प्रक्रिया अगाडि बढाउने मन्त्रालयको योजना छ’, उनले भने, ‘स्वास्थ्य बीमाबारे बुझेका र विज्ञ व्यक्तिलाई बीमा बोर्डमा ल्याउन ऐन नै संशोधन गर्न लागिएको हो। स्वास्थ्य बीमा सुधारका लागि गठित समितिले भर्खरै बुझाएको प्रतिवेदनलाई पनि अंगिकार गरेर स्वास्थ्य बीमा क्षेत्रको सुधारका लागि अगाडि बढ्ने काम भइरहेको छ।’

अहिले नै स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक नियुक्ति गरिएमा पछि झमेला हुन सक्ने देखिएकोले नियुक्ति प्रक्रिया रोकेर ऐन संशोधन गर्नतिर लागिएको प्रवक्ता बुढाथोकीले बताए।

हाल स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा सरोज शर्माले पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS