IME Life New

स्वास्थ्य बीमामा दुरुपयोग रोक्न प्रत्येक औषधिमा पहिचान कोड लागू गर्दै चीन सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनको राष्ट्रिय स्वास्थ्य सेवा सुरक्षा प्रशासनले औषधि पहिचान कोडहरुको राष्ट्रव्यापी कार्यान्वयनमार्फत चिकित्सा बीमा कोषको दुरूपयोगमा अंकुश लगाउन कडा नियमन लागू गर्ने तयारी गरेको छ। यो पहलले बीमा गरिएका औषधिहरुको पुनःबिक्री र प्रतिस्थापनका साथै चिकित्सा बीमा कार्डको दुरुपयोग र चिकित्सकको नक्कली सुझावजस्ता धोखाधडी गतिविधिलाई रोक्ने उद्देश्य राखेको छ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सेप्टेम्बर २०२४ मा चिनियाँ अधिकारीहरुले ३१ करोड ३८ लाख अमेरिकी डलरभन्दा बढी उल्लंघन गरेको शंकास्पद चिकित्सा बीमा दाबी पत्ता लगाएका थिए।

Esewa
Crest

चिनियाँ अधिकारीहरुका अनुसार पहिचान कोड प्रत्येक औषधिका लागि बेग्लै (अद्वितीय) विद्युतीय पहिचान संकेत हो । नियामक निरीक्षण बढाउन ठूलो मात्रामा तथ्यांक मोडेलहरु निर्माण गर्न प्रयोग गरिनेछ। प्रशासनले यो तथ्यांक उल्लंघनहरु पहिचान गर्न र रोक्न, गैरकानुनी गतिविधिहरुविरुद्ध प्रवर्तन कार्यलाई बलियो बनाउन प्रयोग गर्नेछ।

प्रशासनद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘अप्रिल २०२४ मा पहिचान कोडहरुको संघलन र प्रयोगका लागि राष्ट्रव्यापी गुरुयोजना कार्यक्रम सुरु गरेको थियो। नोभेम्बर २०२४ मा यसले यी कोडसँग सम्बन्धित दोहोरो दाबीका बारेमा ४६ वटा सूचीकृत चिकित्सा संस्थालाई सार्वजनिक रुपमा प्रश्न गरेको थियो। यो अभ्यासले पहिचान प्रविधिमार्फत चिकित्सा बीमा कोष नियमन गर्ने दिशामा सकारात्मक प्रभाव पारेको छ।’

प्रशासनले आत्मनिरीक्षणलाई मार्गदर्शन गर्न, सम्भावित उल्लंघनलाई सम्बोधन गर्न र नियमहरु स्पष्ट पार्न १०० भन्दा बढी औषधि कम्पनीसँग दुई चरणको छलफल गरेको छ। स्थानीय स्वास्थ्य अधिकारीलाई पनि आ–आफ्नो क्षेत्रहरुमा यस्तै गतिविधिहरु व्यवस्थित गर्न भनिएको छ।

प्रशासनले नियमहरुको कडाइका साथ पालना गर्न र आत्मजाँच सुनिश्चित गर्न र उल्लंघनहरु रिपोर्ट गर्न आह्वान गरेको छ। प्रशासनले खाली बिलिङ र अवैध रुपमा स्रोत गरिएका औषधिहरुको कारोबारजस्ता अन्य ठगी अभ्यासहरु पनि बेवास्ता गर्नुपर्ने र नैतिक खरिद अभ्यासहरु सुनिश्चित गर्नुपर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS