IME Life New

सञ्चयकर्ता राहत कार्यक्रम: सञ्चय कोषले ३ महिनामा बाँड्यो रु. २२ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा सञ्चयकर्ता र आश्रित परिवारलाई २२ करोड रुपैयाँ राहत वितरण गरेको छ।

कोषले सञ्चालन गरेको सञ्चयकर्ता सामाजिक सुरक्षाअन्तर्गत ७ हजार २०७ सञ्चयकर्ता र तिनको परिवारजनले लाभ लिएका हुन्। कोषका अनुसार साधारण रोगको उपचार खर्चवापत १ हजार ४९ सञ्चयकर्तालाई ३ करोड ९२ लाख रुपैयाँ उपलब्ध गराइएको छ।

Esewa
Crest

यसैगरी घातक रोग लागेका ३७१ जना सञ्चयकर्ताले उपचार खर्चवापत ४ करोड ८३ लाख रुपैयाँ पाएका छन्। कोषले साधारण रोगको उपचारका लागि सञ्चयकर्ताको दम्पतीलाई वार्षिक १ लाख रुपैयाँसम्म खर्च उपलब्ध गराउँछ । यसैगरी घातक रोगको उपचारका लागि सेवा अवधिभरमा १० लाख रुपैयाँ उपलब्ध गराइरहेको छ।

कोषले समीक्षा अवधिमा सुत्केरी र शिशु स्याहारका लागि ४ हजार १८५ जनालाई ३ करोड १३ लाख रुपैयाँ बाँडेको छ। काजकिरियाका लागि १२१ जनालाई ४८ लाख ४० हजार रुपैयाँ र दुर्घटना क्षतिपूर्तिअन्तर्गत ३६ आश्रित परिवारलाई ७० लाख २५ हजार रुपैयाँ वितरण गरिएको कोषले जानकारी दिएको छ।

कोषका अनुसार सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सञ्चयकर्तालाई वितरण गरिएको रकम गत आर्थिक वर्ष २०८०।८१ को असोजमसान्तको तुलनामा चालु आवको सोही अवधिमा सामाजिक सुरक्षाअन्तर्गतको रकम ८ करोड रुपैयाँले बढेको छ । कोषका अनुसार समिक्षा अवधिमा गत आवमा ६ हजार ४३० सञ्चयकर्ता र आश्रित परिवारजनले कुल १४ करोड रुपैयाँ सहयोग रकम पाएका थिए।

कोषले गत आव २०८०।८१ को पहिलो त्रैमासमा साधारण रोगको उपचारका लागि १२७६ सञ्चयकर्तालाई ४ करोड ८२ लाख रुपैयाँ वितरण गरेको छ। यसैगरी घातक रोगको उपचारका लागि २५२ जनालाई ४ करोड १ लाख रुपैयाँ सहयोग राशि उपलब्ध गराएको छ। सुत्केरी तथा नवजात शिशु स्याहारका लागि कोषले ४ हजार ६ सय ६९ सञ्चयकर्तालाई ३ करोड ५० लाख रुपैयाँ वितरण गरेको थियो । काजकिरिया सुविधा अन्तर्गत १९७ मृत सञ्चयकर्ताको आश्रित परिवारजनलाई ७८ लाख ८० हजार रुपैयाँ वितरण गरिएको छ। यसबाहेक दुर्घटना क्षतिपूर्ति सुविधाअन्तर्गत ३६ जनाले ७२ लाख रुपैयाँ पाएका थिए।

कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजनामा सञ्चयकर्ता वा निजको पति वा पत्नीको उपचार खर्चमध्ये साधारण रोगतर्फ प्रत्येक आवमा अधिकतम १ लाख रुपैयाँसम्म र घातक रोगको उपचारको हकमा सेवाअवधि भरमा अधिकतम १० लाख रुपैयाँसम्म रकम सोधभर्ना गरिदिन्छ। यसबाहेक सुत्केरी तथा शिशु स्याहार योजनामा प्रति प्रसूती अधिकत्तम २ पटक सम्मका लागि ७ हजार ५०० रुपैयाँ उपलब्ध गराउँछ । कोषले दुर्घटना क्षतिपूर्ति योजनामा सञ्चयकर्ता वा निजको हकवालालाई २ लाख रुपैयाँसम्म र काजकिरिया अनुदान योजनामा हकवालालाई ४० हजार रुपैयाँ सहयोग राशी वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS